ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनले काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने


admin
२३ चैत्र २०७४, शुक्रबार   ६ : ४७   बजे

काठमाडौं, २३ चैत । गैरआवासीय नेपाली संघ एनआरएनले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो ।

नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिएको संघका महासचिव डा. बद्री केसीले जानकारी दिनु भयो ।

सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालका विज्ञहरु र नेपालसँग जोडिएका विज्ञहरु सहभागी हुनेछन । त्यसैगरी संघले असोज २८ गते भने विधान सभाको पनि आयोजना गर्दैछ ।

महासचिव केसीले संघको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनले नेपालमा थप लगानी भित्रयाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । संघले सम्मेलनका लागि नेपाल सरकारका विभिन्न निकायसँग आवश्यक परामर्श गरिएको पनि जनाएको छ ।

संघले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई अझ व्यापक र दिगो बनाउनका लागि एक सामूहिक लगानी कोष खडा गर्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि जनाएको छ । महासचिव केसीले कोष निर्माणका लागि प्रारम्भिक अध्ययन भईरहेको र नेपाल सरकारसँग आवश्यक छलफल गरी त्यसलाई अन्तिम रुप दिइने पनि स्पष्ट पार्नु भयो ।

संघले कोषको बजेट नेपालको विकासका लागि आवश्यक आधारभूत संरचना निर्माणमा लगानी गर्ने योजना पनि अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu