ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

एबीसी न्यूज
८ माघ २०८२, बिहिबार   १२ : ४०   बजे

८ माघ – आईसीसी महिला विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीमो सुपर सिक्स पुग्ने सम्भावना कमजोर बनेको छ।

एक समय जित नजिक पुगेको नेपाली टोली नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ। लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुविना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे। रुविनाले ३२ बलमा ५ चौका प्रहार गरिन्।

योसँगै रुविनाले टी–२० आइमा १ हजार रन पूरा गरेकी छिन्। रुविनाले ३३ रन बनाउँदा १ हजार रन पूरा गरिन्। नेपालबाट टी–२० आइमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी हुन्। एक समय १६।२ ओभरमा ७–९३ को स्थितिमा थियो। तर आठौँ विकेटका लागि रुविना र सीताले ४५ रनको साझेदारी गरेपछि जितको आशा पलाएको थियो। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ११ रन मात्र बनाएपछि नेपाल जितनजिक पुगेर पनि टाढिएको हो।

बिन्दु रावलले १८ र सम्झना खड्काले १४ रन थपिन्। कविता जोशीले १३ रन बनाइन्। पुजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो।

बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुविना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्। नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्ड्स दुई विकेट लिँदै दबाबमा राखेको थियो।

पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पुजा महतोको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।

एक समय जित नजिक पुगेको नेपाली टोली नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ। लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुविना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे। रुविनाले ३२ बलमा ५ चौका प्रहार गरिन्।

योसँगै रुविनाले टी–२० आइमा १ हजार रन पूरा गरेकी छिन्। रुविनाले ३३ रन बनाउँदा १ हजार रन पूरा गरिन्। नेपालबाट टी–२० आइमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी हुन्। एक समय १६.२ ओभरमा ७–९३ को स्थितिमा थियो। तर आठौँ विकेटका लागि रुविना र सीताले ४५ रनको साझेदारी गरेपछि जितको आशा पलाएको थियो। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ११ रन मात्र बनाएपछि नेपाल जितनजिक पुगेर पनि टाढिएको हो।

बिन्दु रावलले १८ र सम्झना खड्काले १४ रन थपिन्। कविता जोशीले १३ रन बनाइन्। पुजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो।

बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुविना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्। नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्ड्स दुई विकेट लिँदै दबाबमा राखेको थियो।

पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पुजा महतोको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu