ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको ‘पाथिभरा ड्रामा’: ८ करोडको ‘करछली गाडी’ मा झापाबाट पाथिभरा यात्रा (विस्तृतमा)


एबीसी न्यूज
९ माघ २०८२, शुक्रबार   १० : ४५   बजे

काठमाडौं/ताप्लेजुङ/झापा, ९ माघ – झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्न झरेका काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले फेरि ‘नौटंकी शैली’ को प्रदर्शन गरेका छन्। उनी एक चर्चित उद्योगीले दिएको भनिएको ८ करोड मूल्यको ‘करछली’ गाडीमा झापाबाट ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेर फर्किएका छन्। श्रीपञ्चमीको अवसरमा पाथिभरा माताको दर्शन गरेका बालेनको यो यात्रालाई राजनीतिक पर्यटन र ‘शो–अफ’ को रूपमा व्याख्या गरिएको छ।

झापाबाट पाथिभरा यात्रा: ८ करोडको गाडीमा ‘धार्मिक ड्रामा’

माघ ५ मा जनकपुर पुगेर मैथिली भाषामा विद्यार्थीलाई ‘विना ढेउवा विदेश पठाइदिने’ घोषणा गरेका बालेनले दुई दिन झापामा भेटघाट गरेपछि पूर्वी पहाडतिर लागेका थिए। आज बिहान ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा पुगेर पूजा गरेका उनले सामाजिक सञ्जालमा तस्वीरहरू सार्वजनिक गरेका छन्।

उनको यो यात्रा ‘धार्मिक पर्यटन’ भन्दा बढी चुनावी ‘प्रचार ट्रिक’ भएको स्थानीयहरूको भनाइ छ। बालेनवालाहरूको शैली भनेको ‘छिटोछिटो हिँड्ने, हस्याङफस्याङ गर्ने, जनताका प्रश्नको जवाफ नदिने, ज्ञानेन्द्र शैलीमा मुन्टो हल्लाउने र सोसल मिडियाबाट विरोधीलाई आक्रमण गर्ने’ रहेको टिप्पणी पनि सुनिन थालेको छ।

ओलीलाई ‘डेरा डण्डा’ मा व्यस्त बनाइदिए

बालेनको झापा प्रवेशपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली घरदैलो र वडा–वडा भेटघाटमा व्यस्त छन्। ओलीले बालेनलाई ‘डेरा खोज्नुपर्‍यो भने सहयोग गर्छु’ भनेर व्यंग्य गरेका थिए। तर बालेनको आगमनपछि ओलीको चुनावी अभियान थप तीव्र बनेको छ। स्थानीयहरू भन्छन्, “बालेनले ओलीलाई डेरा डण्डा जमाएर झापामै बस्ने बनाइदिएका छन्।”

बालेनको ‘नौटंकी’ शृंखला

  • माघ ५: जनकपुर पुगेर मैथिलीमा ‘विना ढेउवा विदेश पठाइदिने’ घोषणा।
  • माघ ६–७: झापामा भेटघाट।
  • माघ ८: ८ करोडको करछली गाडीमा पाथिभरा पूजा।

राजनीतिक विश्लेषकहरू भन्छन्, “बालेनको यो शैली युवा र सोसल मिडिया फलोअरलाई तान्न सफल छ, तर स्थानीय मतदाताले ‘नौटंकी’ को रूपमा हेर्न थालेका छन्। ओलीको अनुभव र संगठनसँग तुलना गर्दा बालेनको ‘शो’ ले कति मत ल्याउँछ भन्ने प्रश्न छ।”

तस्वीरहरूको ‘प्रचार प्रभाव’

बालेनको सचिवालयले पाथिभरा पूजाको तस्वीरहरू सार्वजनिक गरेपछि सोसल मिडियामा ‘धार्मिक बालेन’ ट्रेन्ड चलेको छ। तर विपक्षीहरूले यो ‘चुनावी नाटक’ भएको टिप्पणी गरेका छन्।

बालेनको ‘मधेस अवतार’ : पहिचानको नाटक

२०७९ मा काठमाडौं महानगरको मेयर पदको शपथ नेवारी भाषामा लिएका बालेन्द्र शाह (बालेन) ले जनकपुर पुगेर २०८२ मा मैथिली भाषामा भाषण गरे। शिरमा कालो भादगाउँले टोपी, काँधमा सेतो गम्छा। जनकपुर विमानस्थलको काँचको ढोका समेत भीडले झ्यामझुरुम पारिदियो।

महोत्तरीको धनाढ्य जमिन्दार परिवारमा जन्मिएका उनले सधैं आफ्नो पैतृक पहिचान लुकाए। उनका पिता–पुर्खा ‘सलहेस’का पुजारी थिए—मधेसी किंवदन्तीका दुई टाउके भगवान। तर काठमाडौंको मेयर बनेपछि उनले भने, “म हिन्दु–बुद्धिस्ट हुँ।”

राजनीति विरोधाभासको तमासा हो। राजधानीका ‘बालेन शाह’ मधेस पुगेर ‘बालेन्द्र साह’ बने। तर यो नाटकमा दर्शकहरू पनि दोषी छन्—उनीहरूले त्यही नाटक हेर्न रुचाए।

ट्रम्पको अमेरिका, ओलीको नेपाल : प्रतिशोधको मूल्य

सन् २०२० मा पराजित डोनाल्ड ट्रम्पले दोस्रो चुनावमा भने, “म तिमीहरूको रिट्रिब्युसन (प्रतिशोध) हुँ।” रातो टोपीका ‘मागा’ समर्थकहरूले आँखा चिम्लेर पत्याए। तर आज अमेरिकामा खानेकुराको मूल्य आकाशिएको छ। ‘ली’ र ‘लिभाइज’ को जिन्स तीन गुणा महँगो भएको छ। आभोकाडोको मूल्य एक डलरबाट तीन डलर पुगेको छ। पेट्रोलको भाउ दिनदिनै बढ्दैछ।

केपी ओलीले पनि मधेस आन्दोलनलाई भाउ दिएनन्। “जता समथर मैदान देखियो, त्यहीँ संघीयता चाहिने ? बिहार–उत्तर प्रदेशतिर त अथाह समथर मैदान छ,” भनेका थिए। संघीयताको विरोधी ओलीले मधेसलाई नेपाली मान्न तयार थिएनन्।

शेरबहादुर देउवाले पनि संघीयताको विरोध गरे। ‘शेर–ए–सुदूरपश्चिम’ भनिएका उनले अखण्ड सुदूरपश्चिमको हुँकार गरे। टीकापुर नरसंहार हुँदा अमरेशकुमार सिंहले भारतीय खुफिया एजेन्सीको तल्लो तहबाट आदेश लिएर आन्दोलनमा आगो बाल्न सहयोग गरे।

यी तीनै जना—बालेन, ओली, देउवा—प्रतिशोध र स्वार्थको राजनीति गर्छन्। उनीहरूको साझा शत्रु संघीयता होइन—उनीहरूको साझा शत्रु जनताको चेतना हो।

एक खर्बको ‘बाध्यता’

निर्वाचन आयोगले २५ अर्ब खर्च हुने अनुमान गरेको छ। दलहरूको भित्री–बाहिरी खर्च जोड्दा यो रकम एक खर्ब नाघ्छ। जेनजी आन्दोलनमा ८५ अर्बको सरकारी नोक्सान र ३४ अर्बको निजी क्षेत्रको क्षति भयो। ७७ जना मारिए, दुई हजारभन्दा बढी घाइते भए—जसमध्ये १३ सय १३–१८ वर्षका थिए।

यो नरसंहार हो। यसको जिम्मेवारी केपी ओलीमा छ। तर बालेन पनि यो क्षतिको स्वामित्वबाट भाग्न मिल्दैन। भदौ २४ को विध्वंसमा उनको भूमिका छ। रवि लामिछानेसँग हात मिलाउनु ‘चोर चोर कजिन ब्रदर्स’ को उखान चरितार्थ हो। यो गठबन्धनले नेपाललाई अधिनायकवादतर्फ लैजान सक्छ।

नानीमैया दाहालको पाठ

सन् १९८१ मा राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैया दाहालले कांग्रेसी मत पाएर जितिन्। बीपी कोइराला जीवित थिए। उनले कार्यकर्तालाई भनेका थिए, “आफ्नो परिवारसँग समय बिताऊ। मासुभात, खीर, खिचडी जे खान मन छ, त्यो खाऊ। कविता लेख, कविता पढ। तर यो चुनावले हाम्रो कार्यदिशा निर्दिष्ट गर्दैन।”

आज पनि त्यही पाठ सान्दर्भिक छ। फागुन २१ को चुनाव राजनीतिक होइन—यो प्राविधिक बाध्यता हो। मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउने अन्तिम प्रयास हो।

तर यात्रा र जात्रामा लाग्ने भीड सधैं भेडा हुन्छ। र भेडाहरूले कहिल्यै ब्वाँसोलाई प्रश्न गर्दैनन्।

फागुन २१ को मतदान नजिकिँदै गर्दा झापा–५ मा बालेनको ‘नौटंकी शृंखला’ ले चुनावी माहोल थप रोचक बनाएको छ। ओलीको ‘डेरा डण्डा’ कि बालेनको ‘धार्मिक शो’ – मतदाताले कुनलाई रोज्छन् ? अब हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

एआई र सुपर कम्प्युटरको भविष्यवाणी : विश्वकपको ताज कसले उचाल्ला ? अर्जेन्टिना अगाडि, तर इंग्ल्यान्ड–स्पेन–फ्रान्सको चुनौती कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu