ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा प्रचार, सवारीमै राजनीति: बालेन आए, तर गाडीबाट ओर्लिएनन् !


एबीसी न्यूज
१० माघ २०८२, शनिबार   ६ : ५७   बजे

धनकुटा १० माघ । धनकुटामा व्यापक प्रचारसहित आउने भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सदरमुकाम छिर्ने–नछिर्नेको अन्योलमै फर्किएका छन्। मतदाता भेट्ने, पैदल हिँड्ने र जनसंवाद गर्ने भनेर सार्वजनिक गरिएका कार्यक्रमहरू अन्ततः गाडीको झ्यालबाट हात हल्लाउने औपचारिकतामै सीमित भए।

इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा हुँदै भ्रमण सकेका बालेन शनिबार साँझ विराटनगर विमानस्थलबाट एती एयरलाइन्सको उडानमार्फत काठमाडौँफर्किएका हुन्।

यद्यपि, बालेनको विराटनगर आगमनबारे पार्टीको तल्लो तहका नेताहरूलाई जानकारी नदिइएको जनाइएको छ। 

शनिबार धनकुटाको भीमनारायण चोकबाट मदन चोकसम्म पैदल यात्रा गर्दै मतदाता र समर्थकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको थियो। तर कार्यक्रम सुरु हुने समय नआउँदै, ‘कार्यव्यस्तता’ को कारण देखाउँदै अन्तिम घडीमा स्थगन गरियो।
परिणामतः बालेन सदरमुकाममा आए, तर गाडीबाट ओर्लिएनन्।

सोसल मिडियामा भाइरल आठ करोडको गाडी र शंकास्पद सम्वन्धको तस्वीर ।

प्रचार धेरै, उपस्थिती कमजोर

रास्वपा धनकुटाले केही दिनअघि देखि नै सामाजिक सञ्जालमा बालेनको आगमनलाई लिएर व्यापक प्रचार गरेको थियो। पाख्रिबास र धनकुटा बजारमा पोस्टर, पोस्ट र सूचनाको ओइरो लाग्यो।
तर यथार्थमा—

  • पाख्रिबासको कार्यक्रम हुँदाहुँदै बालेन पुगेनन्
  • धनकुटामा पैदल यात्रा तय भए पनि गाडीबाट ओर्लिएनन्

भीमनारायण चोकमा बालेनले सवारीमै बसेर झ्यालबाट केहीबेर हात मिलाए र त्यसै फर्किए।

कार्यकर्तामै अन्योल

सबैभन्दा विडम्बनापूर्ण दृश्य भने कार्यक्रमको समय र स्वरूपबारे कार्यकर्ता स्वयं अनभिज्ञ देखिनु हो।

  • सुरुमा बिहान १० बजेको कार्यक्रम भनियो
  • पछि दिउँसो २ बजेको सूचना आयो
  • अन्ततः कार्यक्रम नै भएन

सूचना जारी गर्ने कार्यकर्ताले नै ‘के, कहाँ, कसरी’ भन्ने थाहा नपाएको स्वीकार गरे।

रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार, विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनैपर्ने भएकाले धनकुटाको कार्यक्रम रद्द गरिएको हो।
तर प्रश्न उठ्छ—
यदि पहिले नै समय अभाव थियो भने, किन धनकुटामा यति ठूलो प्रचार गरियो?

‘फेरि आउँछु’ भन्ने पुरानै आश्वासन

बालेनले फेरि धनकुटा आउने प्रतिबद्धता व्यक्त गरेको बताइन्छ। तर स्थानीय मतदाताका लागि यो नयाँ होइन, दोहोरिएको आश्वासन मात्र हो।
यसअघि पनि विभिन्न जिल्लामा कार्यक्रम तोकेर अन्तिम समयमा रद्द हुने क्रम दोहोरिँदै आएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।

हिलेमा पैदल, धनकुटामा सवारी

धनकुटा सदरमुकाम आउनुअघि बालेन हिले बजारमा भने केही समय पैदल हिँडेका थिए। यसले राजधानीबाहिरका मतदातामा चयनात्मक भेटघाट को सन्देश गएको छ— कतै भेटिन्छ, कतै प्रचारमै सीमित।

राजनीति सवारीमै सीमित हुँदै?

झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह अहिले आसपासका जिल्लामा चुनावी अभियान चलाइरहेका छन्। तर धनकुटाको घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—
के बालेनको ‘जनतासँग राजनीति’ अब सवारीको झ्यालसम्म सीमित हुँदैछ?

ठूलो प्रचार, कमजोर तयारी र अन्तिम समयमा कार्यक्रम रद्द—
यी सबैले बालेनको अभियानमाथि विश्वसनीयताको प्रश्न थप गहिरो बनाएको छ।

धनकुटामा बालेन आए, तर राजनीति गाडीमै बसिरह्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu