ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षमा नयाँ बसपार्क सडक महोत्सव


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ९ : ०५   बजे

 

काठमाडौँ, २४ चैत ।  ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ ।

काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति, नेपाली होटल व्यवसायी संघ, काठमाडौँ सटर व्यवसायी संघ, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, संयुक्त यातायात व्यवसायी संघलगायत १७ संघसंस्थाको आयोजनामा नयाँ वर्षको अवसरमा चैत ३० र वैशाख १ मा नयाँ बसपार्क सडक महोत्सव हुने मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पोखरेलले बताउनुभयो ।
भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि महोत्सव आयोजना गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “भूकम्पपश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेकोे अवस्थामा पुनःनिर्माण भइसकेको र यस क्षेत्र पर्यटकीय हिसाबले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरेका हौँ। ”
महोत्सवमा सडकमै विभिन्न खाना तथा वस्तुका कक्ष रहने र ख्यातिप्राप्त कलाकारबाट लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । यस्तै राति १२ बजे पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गरिनेछ । महोत्सव आयोजक समितिका सचिव भेषराज भट्टराईले महोत्सव सफल बनाउन आर्थिक, प्रचारप्रसार, सुरक्षा, कक्ष वितरण, ट्राफिक व्यवस्थापन, स्वयंसेवक, कलाकार तथा साउण्ड सिष्टम र अनुगमन उपसमिति बनाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group