नयाँदिल्ली, २४ चैत। तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।
गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्