नयाँदिल्ली, २४ चैत । भारतको तीन दिने भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल भएको भारतियराष्ट्रपतिले आफ्नो आधिकारिक ट्विटरमार्फत जनाएका छन् ।
भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटरमा भनिएको छ, ‘नेपाल र भारतबीचको जस्तो मित्रता र सहयोग विश्वमा कुनै पनि देशहरुको छैन । नियमित हुने गरेको उच्चस्तरीय भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई झल्काउँछ ।’
प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतले नेपालमा आर्थिक प्रगति र स्थायित्व चाहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्