ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातापछि काठमाडौं फर्किए ओली


एबीसी न्यूज
२९ माघ २०८२, बिहिबार   ७ : ५०   बजे

विराटनगर । एक सातासम्म आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदातालाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किएका छन् ।

झापा ५ मा पर्ने कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाका मतदाताहरूसँग भेटेपछि ओली काठमाडौँ फर्किएका हुन् ।

उनले कमल गाउँपालिकाका सबै वडाका मतदाताहरूसँग भेटघाट गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए ।

यस्तै गौरादह नगरपालिकामा पर्ने ८ वटा वडा र गौरिगञ्ज गाउँपालिकामा पर्ने ३ वटा वडा स्तरीय भेटघाट र छलफल सकेर ओली काठमाडौँ फर्किएका हुन् । यसअघि उनी माघ ५ गते निर्वाचन क्षेत्र आएका थिए ।

झापामा ओलीले दमक नगरपालिकाका वडा स्तरीय पार्टीका कमिटीका पदाधिकारी सदस्यहरूसँग छलफल गरेका थिए । ओली झापा आएसँगै ओलीले सार्वजनिक मञ्चमा भन्दा अनौपचारिक कार्यक्रममा समय बिताएका थिए ।

उनले भेटघाटका क्रममा मतदाता र शुभेच्छुकहरूसँग भन्ने ‘झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ, सुख-दुःखमा जहिल्यै झापालीसँगै रहेँ।’

ओली झापामा बसेसँगै हामी झापाली अभियान सुरु भएको छ । यस क्षेत्रका क्याफे, होटल रेष्टुरेन्टहरुमा हामी झापालीका स्टिकर टाँसिएको छ ।

ओलीको फेसबुक पेजमा समेत ‘हामी झापाली’ अभियान सुरु भएको छ । उनलाई फलो गर्दै उनका शुभेच्छुक र मतदाताले समेत सामाजिक सञ्जालमा हामी झापाली अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

सम्बन्धित

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

एआई र सुपर कम्प्युटरको भविष्यवाणी : विश्वकपको ताज कसले उचाल्ला ? अर्जेन्टिना अगाडि, तर इंग्ल्यान्ड–स्पेन–फ्रान्सको चुनौती कायमै

खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

ऊर्जा संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउँदै

६ महिना यताकै न्युन बिन्दुमा शेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu