काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगंजमा रहेको एकीकृत सुरक्षा जाँच पोष्ट आइसीपीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नयाँ दिल्लीमा स्वीच थिचेर आइसीपीको उद्घाटन गर्नुभएको हो ।
नेपाल भारतको व्यपार व्यवसायीलाई सहजीकरण गर्नका लागि संयुक्त रुपमा यो पोष्ट तयार गरेको हो । यो पोष्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिएको छ । आइसिपीमा विद्युत सवस्टेशन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा व्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्