ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल


एबीसी न्यूज
१२ फाल्गुन २०८२, मंगलबार   ११ : ११   बजे


काठमाडौं, १२ फागुन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत् दाङ क्षेत्र नं २ का उम्मेदवार समेत रहेका पोखरेलले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा हितको विषय भएको दाबी गरेका हुन्।

उनकाअनुसार लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ् अध्ययन संस्थान घोराही क्याम्पस को निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको छ।

३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिए। पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार यस परियोजनाले दाङलाई ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्नेछ। ‘जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,’ उनले भने।

पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu