ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल


एबीसी न्यूज
१५ फाल्गुन २०८२, शुक्रबार   ४ : ०१   बजे

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा अडान लिएको बताएका छन्। काठमाडौं ५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै एमालेले सामाजिक सद्भावका मुद्दालाई महत्वका साथ उठाएको बताए।

उनले भने, ‘यो हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो । यसलाई बिथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन्, ती चिजहरूलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको अडान हो।’एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा( कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको बताए।उनले थपे, ‘एमालेले देश बनाउनको लागि विशेष अभियान अन्तर्गत विकास निर्माणका कामहरूलाई अगाडि बढाएको थियो, कुनै(कुनै त्यत्तिकै अलपत्र परेका छन्, छोडिएका छन् । त्यो चिजलाई अगाडि बढाउनुपर्छ भन्ने एमालेको सङ्कल्प र अठोट छ ।’०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा सामान्य रूपमा हुन नलागेको बताए। उनले भने, ‘मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिकबाट तल झरेको दुर्भाग्यपूर्ण अवस्था हो । लिकबाट तल झरेको यो अवस्थालाई लिकमा ल्याउनुपर्ने आवश्यकता छ । यो निर्वाचनले लिकबाट तल झरेको प्रक्रियालाई लिकमा ल्याउँछ।’देशको हित विपरीत भइरहेका कामको विपक्षमा देशभक्त नागरिकहरूलाई गोलबन्द गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu