काठमाडौं, २४ चैत । कालोहरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भई जेल चलान भएका बलिउड अभिनेत सलमान खानलाई जोधपुरको जिल्ला अदालतले शनिबार ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनी साझँसम्म जेलबाट छुट्न सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।
करिब बीस बर्ष अघिको कालो हरिण शिकारको मुद्धामा उनलाई बिहिबार जोधपुरको कोर्टले दोषी ठहर्रयाउदैँ पाचँ बर्षको जेल सजाय तोकेको थियो ।
न्यायाधीशले शिकार गरेको विषयमा बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो। त्यसपछि सलामान खान थुनामा छन् ।
फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले हिरणको शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको छ।
खान ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा हुने भएका हुन् । उनको जमानी बस्ने दुई जनाले पनि २५-२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् ।
सलमान खान दुईदिन जोधपुर जेल बसेका छन् । शनिबार साँझ उनलाई जेलबाट बाहिर निकालिने जनाइएको छ । उनी छुटेको भन्दै उनका समर्थकले अदालत बाहिर खुशीयाली मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्