ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय रेल विस्तारको बारेमा ४ बुँदे सहमति


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ६ : १७   बजे

काठमाडौं, २४ चैत  । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विद्युतीय रेल विस्तारको बारेमा ४ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्रीको तीन दिनको भारत भ्रमणका क्रममा नेपाल–भारत १२ बुँदे संयुक्त विज्ञप्तिसँगै विद्युतीय रेल सेवा विस्तार गर्ने सम्बन्धी चार बुँदे सम्झौता पनि भएको हो । कनेक्टीभिटी, आर्थिक समृद्धि र विकासका लागि जोड दिँदै आएका प्रधानमन्त्री ओली र मोदीबीच रक्सौल–काठमाडौं जोड्ने विद्युतीय रेल सेवा निर्माणको विषयमा सम्झौता भएको हो ।

भारतको आर्थिक सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म जोड्ने विद्युतीय रेल सेवाको विस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ । रेल निर्माणको पहिलो चरणमा नेपालको सहयोगमा भारतले एक वर्षको अवधिमा रेल विस्तारको सर्भे गर्ने सहमति भएको छ । त्यपछि दुवै पक्षले विस्तृत प्रतिवेदनमा त्यसको लागत र कार्यन्वयनको विषयमा छलफल गरेर काम अघि बढाउने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा हुने सर्भेमा पूर्ण सहयोग गर्ने बताउनुभएको छ । दुवै देशका प्रधानमन्त्रीले पहिलो चरणको रेल विस्तार सेवामा भएको सहमतिमा खुशी व्यक्त गरेका छन् । दुवै प्रधानमन्त्रीले जयनगर र जनकपुर तथा जोगबनी र विराटनगर जोड्न रेल सेवा सन् २०१८ भित्र पूरा हुने बताएका छन् ।

जारी रेल सेवा विस्तार प्रोजेक्टको बाँकी रहेका काममा जयनगर–बिजलपूरा–बर्दिवास र जोगबनी–विराटनगरलाई प्राथमकिता दिएर काम अघि बढाउने सहमतिमा जनाइएको छ । रेल निमार्णका विषयमा नेपालले भूमि व्यवस्थापनका विषयमा छिटै टुङ्गोमा पुर्याउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

रेल सेवाहरु विस्तारका लागि नेपाल र भारतको संयुक्त कार्यदलले नियमित रुपमा गरेको बैठकमा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन् । संयुक्त कार्यदलले भारत र नेपालबीच जोड्ने रेल सेवाको विषयमा आवश्यक सम्झौता, सामाग्री र नीति निर्माणमा काम गर्ने भनिएको छ ।

अन्तिम बुँदामा भारत र नेपालबीच जोडिने रेल सेवा प्रोजेक्टको दोस्रो चरण अन्तर्गतका बाँकी तीन रेल मार्गको महत्वबारे जोड दिइएको छ । यी तीन रेलमार्गमा न्यू जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्ज रोड– नेपालगञ्ज जोड्ने रेल सेवाको विस्तारमा काम हुने सम्झौता भएको छ ।

अहिलेसम्म यी रेल सेवा जोड्नका लागि भएको कामको प्रशंसा गर्दै दुवै प्रधानमन्त्रीले दोस्रो चरणको काम पनि छिटै सक्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘Moderates’ in Democratic Party Face Growing Criticism for Supporting Status Quo

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

Social Security Turns 91 Amid Calls for Program Preservation

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि १५ करोड बजेट, कार्यविधि अर्थ मन्त्रालयमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu