काठमाडौं, २४ चैत – भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका रुपमा भारत पुगेका ओलीले नेपाल–भारतबीच रेल सेवा विस्तार, कृषि र जलविद्युतमा केही सहमति गर्नुभएको छ ।
India will always support Nepal as the nation works on its economic transformation. We see immense potential in working together to develop inland waterways, further rail connectivity and improve ties in energy, trade among other areas.
— Narendra Modi (@narendramodi) April 7, 2018
मोदीले ट्वीट गर्दै नेपालले नयाँ यात्रा सुरु गरेको र नेपालको विकासमा भारतले सधैँ सहयोग गर्ने बताउनुभएको छ । मोदीले ट्वीटमा नेपालको आर्थिक रुपान्तरणमा भारतको सधैँ सहयोग रहने बताउनुभएको छ ।
As Nepal’s journey enters a new phase, we in India reiterate our support for the welfare of Nepal. A robust India-Nepal partnership augurs extremely well for our people and for our region.
— Narendra Modi (@narendramodi) April 7, 2018
दुवै देश मिलेर काम गर्दा जलमार्ग, रेलमार्ग, विद्युत, व्यापार र अन्य क्षेत्रमा थुप्रै काम गर्न सकिने मोदीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्