ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिल्म उद्योग बचाउने हो भने फिल्म नजुधाउँदा नै राम्रो : निर्माता क्रेजी


एबीसी न्यूज
२५ चैत्र २०७४, आइतबार   २ : ५८   बजे

काठमाडौं, २५ चैत्र । चलचित्र निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ क्रेजीले फिल्म उद्योग बचाउन फिल्म चलाउने मिति नजुधाउन फिल्मकर्मीहरुलाई आग्रह गरेका छन् ।
निर्माता श्रेष्ठले फिल्म जुधाएर कसैलाई पनि राम्रो नहुने बताए । उनले भने, “ हामी आफैंले नै चलचित्र उद्योगलाई धरासायी बनाएका हौं । फिल्म आफैं बनाउँछौं अनि चलाउन आफैं जुधाउँछौं । यसले कसैलाई राम्रो गर्दैन ।” चलचित्र निर्माता संघका सदस्य समेत रहेका श्रेष्ठले नेपाली फिल्म उद्योग बचाउन सबैजना लाग्नुपर्ने बताए ।

धेरै फिल्महरु एकै चोटि रिलिज हुँदा निर्माताहरु डुब्ने गरेको उनको भनाई छ । चलचित्र ‘चङ्गा’ को वितरण गर्ने जिम्मा लिएका श्रेष्ठले जेठ २५ गते धेरै चलचित्रहरु जुधेकोमा दुःख प्रकट गरेका छन् । फिल्म निर्माता तथा निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ले निर्माण गरेको चलचित्र ‘चङ्गा’ जेठ २५ गते देशव्यापी प्रदर्शन हुँदैछ ।

फिल्मलाई मोफसलमा एफडी कम्पनी र उपत्यकामा श्रेष्ठको रिच इन्टरटेनमेन्ट कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ । वर्षमा २–३ वटा फिल्मको वितरण गर्ने जिम्मा लिंदै आएका श्रेष्ठले यसरी एक आपसमा फिल्म जुध्ने भएकाले घाटा लाग्दै गएको बताए । उनले सिंगो नेपाली चलचित्र क्षेत्र र निर्माताहरुको हकहितका लागि सधैं लागिपर्ने बताए ।

उनी २०६९ सालदेखि चलचित्र निर्माणको क्षेत्रमा लागेका हुन् । चलचित्र क्षेत्रमा उनी करण क्रेजीका नाममा चिनिन्छन् । ओम, जंजीर, जंगभूमि र छेस्को उनले लगानी गरेको चलचित्र हो । चलचित्र निर्माणमा लाग्नु अघि उनी यो क्षेत्रमा कलाकारको रुपमा चिनिएका थिए । २०५७ सालदेखि उनी चलचित्र क्षेत्रमा आबद्ध छन् । उनले जवाफ, टक्कर दुई मुटुको, जंगली क्वीन, दुई दुना पाँच, चिनारी, सम्झिदिए पुग्छ, एटीएम, छेस्को, ओम र ह्यापी न्यु एयर लगायत २१ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu