ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिस्नु, आम्दानीको राम्रो स्रोत


admin
२५ चैत्र २०७४, आइतबार   ४ : ३०   बजे

उदयपुर, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि माग हुने गरेको छ । एक पटकमा रु तीन हजारदेखि चार हजार सम्मको सिस्नु बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिस्नु बिक्री गरेर नै आफूले घरमा दुई छोरी र एक छोरालाई पढाउने कामसमेत गरेको मगरको दाबी छ । मसबासेकै अर्का ६६ वर्षीया पञ्चमाया मुग्रातीले पनि पाँच वर्षदेखि निरन्तर रुपमा गाईघाट बजारमा सिस्नु बिक्री गर्दै आएकी छिन् । आफूले हिउँद महिनाभरि सिस्नु बिक्री गर्ने गरेको र हप्तामा एक–दुई पटक मात्र बिक्री गर्ने गरे पनि चार–पाँच महिनाभित्र रु ६० हजारकसम्मको कारोबार गर्ने गरेको मुग्राती बताउँछिन् । भएको एउटा छोरो सानैदेखि भारततिर लागेको र सिस्नु बिक्रीबाट दम्पतीको जीवन धानिएको उनको भनाइ छ ।

उच्च पहाडी क्षेत्रको हावापानीमा उत्पादन हुने गरेको रौताको सिस्नुको माग अहिले अधिक मात्रामा हुने गरेको छ । गाईघाट मेलिना होटलका सञ्चालक गंगाबहादुर राई भन्छन्, “होटलमा ग्राहक पनि सिस्नु र ढिँडो खान आउँछन् र आफूहरुलाई पनि सिस्नु मनपर्ने हुँदा हिउँदमा रु १५ हजारसम्मको सिस्नु खरिद गर्ने गरेको छु ।”

मुख्य गरेर त्रियुगा नगरपालिका क्षेत्रलगायत गाईघाट बजारका सर्वसाधारणदेखि होटल सञ्चालकले सिस्नु किन्न थालेपछि जिल्लाको पहाडी क्षेत्र रौताको सिस्नु व्यापार पनि ह्वात्तै बढेको सिस्नु बिक्रेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu