ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन


admin
२५ चैत्र २०७४, आइतबार   ४ : ५७   बजे

काठमाडौँ, २५ चैत । सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो ।

महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । उहाँका अनुसार एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्न परिरहेको छ ।

महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ । त्रिपन्न जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २२ हजार व्यवसायी आबद्ध छन् । यस व्यवसायबाट तीन लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइन्छ ।

महासंघ स्थापनाको पाँचौँ वर्षको अवसरमा भोलि दिउँसो साधारण सभा हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिनुभयो । साधारण सभाका अवसरमा सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने दुई पत्रकारलाई प्रत्येक वर्ष ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu