ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?


एबीसी न्यूज
२९ चैत्र २०८२, आइतबार   ८ : ५३   बजे

काठमाडौं, २९ चैत । गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर लगानी देखिएको छ।

सम्पत्ति विवरणमा होप होल्डिङ्स प्रालिमा उहाँको ३० हजार थान साधारण शेयर रहेको उल्लेख गरिएको छ। उक्त शेयरको मूल्य ३० लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण शेयर रहेको जनाइएको छ। यस कम्पनीमा रहेको शेयरको मूल्य ५७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

गृहमन्त्री गुरुङले सबैभन्दा ठूलो लगानी धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा रहेको जनाउनुभएको छ। व्यवसायिक तथा पैतृक सम्पत्तिको स्रोत देखाउँदै उहाँले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी धितोपत्र बजारमा रहेको उल्लेख गर्नुभएको छ।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा पनि उहाँको शेयर लगानी रहेको विवरणमा जनाइएको छ। उक्त कम्पनीमा ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख रुपैयाँ रहेको उल्लेख छ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणसँगै मन्त्रीहरूको सम्पत्ति र लगानीबारे राजनीतिक तथा सार्वजनिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

 सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजी जारी

नेपाल टेलिभिजन खरिदमा अनियमितताको निष्कर्ष, अख्तियारलाई अनुसन्धान गर्न सिफारिस

‘उपचार खर्च लाग्छ’ भन्ने डरले आफ्नै साथीको हत्या, नहरमा शव फालेपछि रहस्य खुल्यो

अब एआईले बनाउनेछ सरकारी बजेट

देशका ७२ जिल्लामा डेङ्गु फैलियो, दुई हजारभन्दा बढी संक्रमित, दुई जनाको मृत्यु

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu