ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि


एबीसी न्यूज
३० चैत्र २०८२, सोमबार   ८ : ४३   बजे

काठमाडौं, ३० चैत्र । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’मा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको छ।

इरानबाट हुने तेल निर्यात पूर्णरूपमा रोकिनसक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७।६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२।८० डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८।३१ डलर अर्थात् ८।६ प्रतिशतले वृद्धि भई १०४।८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिएपनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ।

राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल र ग्यासको मूल्य उच्च नै रहनसक्ने स्वीकार गरेका छन्। उनले छ हप्ताअघि इरानमाथि गरिएको आक्रमणको राजनीतिक प्रभाव पर्नसक्ने सङ्केत समेत गरेका थिए। अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार सोमबार बिहानैदेखि इरानी बन्दरगाहबाट हुने सबै सामुद्रिक आवागमनमा रोक लगाउने कार्य कार्यान्वयनमा आइसकेको छ।यता इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानले हर्मोज जलडमरूमा आउने कुनैपनि सैन्य जहाजलाई युद्धविरामको उल्लंघन मानिने र त्यसको कडा जवाफ दिइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group