ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा


एबीसी न्यूज
७ बैशाख २०८३, सोमबार   ७ : ४६   बजे

काठमाडौं, ७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि आफ्नो टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने घोषणा गरेका छन्।

आइतबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार साँझसम्म इस्लामावाद पुग्ने बताएका हुन्।

मेरा प्रतिनिधिमण्डल इस्लामावाद जाँदैछन्। सोमबार बेलुकी उनीहरू त्यहाँ हुनेछन्, ट्रम्पले लेखेका छन्।

सम्झौताका लागि इरानलाई यसपालि उचित र निष्पक्ष प्रस्ताव दिइने पनि ट्रम्पले बताएका छन्।

त्यो सर्त उनीहरूले मान्छन् भन्ने विश्वास छ। नमानेको खण्डमा इरानको प्रत्येक ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्नेछौं,ु उनले लेखेका छन्।

ट्रम्पले हर्मुजमा जहाजमा गोलाबारी गरेर इरानले युद्धविराम उल्लंघन गरेको पनि बताए। साथै उनले हर्मुजमा इरानले पुनः बन्द गरेको घोषणालाई हास्यास्पद भने।

त्यहाँ पहिल्यै अमेरिकाले उनीहरूलाई नाकाबन्दी गरेको छ। हर्मुज बन्द हुँदा इरानलाई नै घाटा हो। अमेरिकालाई केही प्रभाव पर्दैन। उनीहरू दैनिक ५० करोड डलरको नोक्सानी ब्यहोरीरहेका छन्,उनले भनेका छन्।

अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसका अनुसार अमेरिकाले पुरानै टोली इस्लामावाद पठाउने तयारी गरेको छ।

यसअघि पहिलो वार्ता हुँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्व दूत स्टिभ विटकोफ, ट्रम्पका ज्वाँइ ज्यारेड कुश्नर इस्लामावाद गएका थिए।

ट्रम्पले अमेरिकी टोली इस्लामावाद पुग्ने घोषणा गरे पनि इरान र पाकिस्तानले भने औपचारिक रूपमा वार्ताको पुष्टि गरेको छैन।
ट्रम्पले पोस्ट लेखेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानी राष्ट्रपति मशुद पेजेस्कियनसँग झन्डै ४५ मिनेट टेलिफोन वार्ता गरेका थिए। परराष्ट्रमन्त्री इशाक डारले पनि इरानी विदेशमन्त्री अब्बास अराग्चीसँग छलफल गरेको भनेर एपीले लेखेको छ।

यद्यपि इरानी पक्षबाट वार्ताका लागि प्रतिबद्धता भएको अहिलेसम्म सार्वजनिक नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu