ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप


एबीसी न्यूज
९ बैशाख २०८३, बुधबार   ७ : ५९   बजे

काठमाडौं, ९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन् ।

ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन् । यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै भनेका छन्, “मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै पक्षबाट तयार र सक्षम रहन निर्देशन दिएको छु । त्यसैले, इरानको प्रस्ताव पेस नभएसम्म र छलफल कुनै न कुनै निष्कर्षमा नपुगेसम्मका लागि युद्धविराम बढाइनेछ ।”

तेहरानले थप वार्ताका लागि आनाकानी गरिरहेका बेला ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण रोकेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामको म्याद थप गर्ने आफ्नो अनुरोध स्वीकार गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

“मलाई पूर्ण आशा छ कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र द्वन्द्वको स्थायी अन्त्यका लागि इस्लामाबादमा तय गरिएको दोस्रो चरणको वार्तामा एक विस्तृत शान्ति सम्झौता गर्न सफल हुनेछन्,” सरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । सरिफले द्वन्द्वको वार्ताद्वारा समाधान खोज्न आफ्नो सरकारले गम्भीर प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसैबीच, उपराष्ट्रपति जेडी भान्स मंगलबार पूर्वयोजनाअनुसार इस्लामाबाद प्रस्थान गरेनन् । ह्वाइट हाउसले पत्रकारहरूलाई दिएको जानकारीअनुसार, उनी अहिले वासिङ्टनमै रहनेछन् । उनको पाकिस्तान भ्रमण हाललाई स्थगित गरिएको छ ।

इरानले पनि अमेरिकासँगको वार्ताका लागि पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने भन्नेबारे अझै निर्णय नगरेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group