ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित


एबीसी न्यूज
१३ बैशाख २०८३, आइतबार   ७ : १०   बजे

काठमाडौं, १३ वैशाख । मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर मारिएका छन्। देशभरका सैन्य स्थलहरूमा गरिएको आक्रमणका क्रममा उनको मृत्यु भएको समाचार अलजजीराले प्रकाशित गरेको छ।

आइतबार आएको यो खबर त्यसको भोलिपल्ट आएको हो, जब राजधानी बामाको नजिकैको सैनिक सहर कातीस्थित उनको निवासमा आक्रमण भएको थियो।
उक्त आक्रमण अल-कायदा सम्बन्धित समूह र तुआरेग विद्रोहीहरूले संयुक्त रूपमा गरेका थिए।

क्यामारा सन् २०२० / २०२१ का लगातार कू (सत्ता कब्जा) पछि बनेको सैन्य सरकारका एक प्रमुख पात्र थिए। उनलाई सैन्य नेतृत्वभित्र सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्थ्यो । उनी देशको सम्भावित भावी नेताका रूपमा पनि थिए ।

अल जजीराका अनुसार कातीस्थित उनको निवासमा आत्मघाती कार बम आक्रमण गरिएको थियो। काती राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कडा सुरक्षायुक्त सैन्य सहर हो, जहाँ अन्तरिम राष्ट्रपति आसिमी गोइटा पनि बसोबास गर्छन्।

अल(कायदानिकट जमायते नुसरत अल/इस्लाम वाल-मुस्लिम(जेएनआईए) र अजवाद लिबरेशन फ्रन्ट (एफएलए) का लडाकुहरूले संयुक्त रूपमा आक्रमण गरेका थिए।

गोइटा भने सुरक्षित स्थानमा जीवित रहेको बताइएको छ। आक्रमणको समयमा उनलाई सुरक्षित स्थानमा सारिएको थियो । उनी अझै पनि सैन्य कमाण्डमा रहेका छन्।

मालीका अन्य विभिन्न स्थानहरू(बामाको, गाओ, किडाल र केन्द्रीय सहर सेभारे(मा पनि सशस्त्र समूहहरूले आक्रमण गरेका छन्।

किडालमा आइतबार पनि ठूलो गोलीबारी र विस्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। आक्रमण सुरु भएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि स्थिति नियन्त्रणमा आएको छैन।

विश्लेषक ब्युलामा ब्युकार्तिका अनुसार आगामी दिनहरूमा क्षेत्रीय नियन्त्रणका लागि थप संघर्ष हुन सक्ने सम्भावना छ। उनले यसअघि आपसमा लडिरहेका समूहहरू अहिले साझा शत्रु अर्थात् माली राज्यविरुद्ध एकजुट भएको पनि उल्लेख गरेका छन्।

अफ्रिकन युनियन, अर्गनाइजेशन अफ इस्लामिक को-अपरशेनका महासचिव तथा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्यूरो अफ अफ्रिकन अफ्रिकाजले उक्त आक्रमणको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group