ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता


एबीसी न्यूज
१४ बैशाख २०८३, सोमबार   ११ : १५   बजे

काठमाडौं, १४ बैशाख । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियनसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा प्रधानमन्त्री सरिफले क्षेत्रीय शान्ति र सुरक्षाका लागि पाकिस्तानको दृढ प्रतिबद्धता दोहो¥याउनुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुराकानीका क्रममा दुवै नेताले वर्तमान क्षेत्रीय परिस्थिति र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासहरूबारे विस्तृत विचार आदानप्रदान गर्नुभयो । सरिफले पाकिस्तानले क्षेत्रीय शान्ति र सुरक्षाका लागि आफ्ना प्रयासहरू जारी राख्ने बताउनु भयो । 
प्रधानमन्त्रीले गत अप्रिल ११ र १२ मा इस्लामावादमा भएको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डको भ्रमणको प्रशंसा गर्नुभयो । साथै, उहाँले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको नेतृत्वमा इस्लामावाद पुगेको अर्को प्रतिनिधिमण्डललाई पनि स्वागत गर्नुभयो, जसले आजै पाकिस्तानी राजधानीमा महत्वपूर्ण भेटघाटहरू गरेको छ । 
सरिफले हालैका दिनमा विभिन्न विश्व नेताहरूसँग भएका आफ्ना कुटनीतिक प्रयासहरूबारे पनि जानकारी साझा गर्नुभयो । यी प्रयासहरूले द्वन्द्वग्रस्त क्षेत्रमा स्थायी शान्ति प्राप्त गर्नका लागि वार्ता र कूटनीतिलाई समर्थन गर्न बृहत्तर सहमति जुटाउन मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो । 
आफ्नो तर्फबाट, इरानी राष्ट्रपति पेजेस्कियनले जारी शान्ति प्रयासहरूमा पाकिस्तानको योगदानको प्रशंसा गर्नुभएको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group