ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो


एबीसी न्यूज
१४ बैशाख २०८३, सोमबार   ११ : ४०   बजे

काठमाडौं, १४ बैशाख । वेस्ट बैंक र गाजाका १८३ नगरपालिकाहरूमा भएको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा प्यालेस्टाइनको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 
आयोगका अध्यक्ष रामी हम्दाल्लाहले अल–बिरेहमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अत्यन्त जटिल परिस्थितिमा भएपनि इमानदारी र पारदर्शिताका साथ सम्पन्न भएको बताउनु भयो । उहाँले वेस्ट बैंक र गाजालाई एउटै भौगोलिक एकाइको रूपमा व्यवहार गर्ने प्रयासस्वरूप गाजाको डियर अल–बलाहलाई पनि समावेश गरिएको बताउनु भयो । यद्यपि यसमा ठूला अवरोधहरू थिए । 
हम्दाल्लाहकाअनुसार इजरायली अधिकारीहरूले डियर अल–बलाहमा निर्वाचन सामग्रीहरू लैजान अनुमति नदिएपछि स्थानीय अधिकारीहरूले मतपत्र र बाकसहरू आफैं बनाएर मतदान प्रक्रिया अगाडि बढाएका थिए । 
आयोगकाअनुसार कुल १० लाख ३० हजार योग्य मतदातामध्ये करिब ५ लाख ५२ हजारले मतदान गरेका थिए ।
वेस्ट बैंकमा ५६ प्रतिशत र डियर अल–बलाहमा २३ प्रतिशत मतदान भएको थियो। हम्दाल्लाहले गाजामा पुराना मतदाता नामावली र चलिरहेको द्वन्द्वको प्रभावका कारण सहभागिता कम भएको बताउनु भयो । 
गाजामा करिव २० वर्षयता पहिलोपटक स्थानीय तहको निर्वाचन भएको हो । हमासका प्रवक्ता हाजेम कासिमले निर्वाचनले प्यालेस्टाइनका राजनीतिक संस्थाहरूलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याएको र लामो समयदेखि रोकिएको संसदीय तथा राष्ट्रपतीय निर्वाचनको माग गर्नुभएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu