ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करेन्ट चाउचाउ विवाद : गुणस्तरहीन पुष्टि भएपछि यशोधा फुड्सको स्वीकारोक्ति, तर दोष घामलाई !


एबीसी न्यूज
४ जेष्ठ २०८३, सोमबार   १० : ०९   बजे

काठमाडौं । बजारमा लोकप्रिय मानिएको ‘करेन्ट’ चाउचाउ गुणस्तरहीन ठहरिएपछि उत्पादक कम्पनी Yashoda Foods Pvt. Ltd. दबाबमा परेको छ । सरकारी निकायले परीक्षणमार्फत चाउचाउको गुणस्तरमा समस्या रहेको पुष्टि गरिसकेपछि कम्पनीले पनि अन्ततः उत्पादनमा समस्या देखिएको तथ्य स्वीकार गरेको छ । तर, कम्पनीले यसको मुख्य कारण उत्पादन प्रक्रिया नभई “चर्को घाम र अनुचित भण्डारण” भएको दाबी गर्दै दोष आफूबाट टार्न खोजेको देखिएको छ ।

विभिन्न सञ्चारमाध्यममार्फत विज्ञापन शैलीमा सार्वजनिक गरिएको कम्पनीको सन्देशमा “मिति र म्याद हेरेर मात्र उपभोग गर्न” उपभोक्तालाई आग्रह गरिएको छ । यसलाई धेरैले अप्रत्यक्ष रूपमा गुणस्तरमा समस्या भएको स्वीकारोक्तिका रूपमा लिएका छन् । किनभने, अहिलेसम्म कम्पनीले आफ्ना उत्पादन पूर्ण सुरक्षित रहेको दाबी गर्दै आएको थियो । तर, पछिल्लो सन्देशमा भने उपभोक्तालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

सरकारी परीक्षण प्रतिवेदनअनुसार बजारबाट संकलित करेन्ट चाउचाउको नमुना गुणस्तर मापदण्डअनुसार नभेटिएको थियो । परीक्षणका लागि लगिएको नमुना कुनै घाममा राखिएको वा पानी परेको अवस्थाको नभई सामान्य र सुरक्षित भण्डारण गरिएको स्थानबाट संकलन गरिएको स्रोतको दाबी छ । यसले कम्पनीले दिएको “घामको प्रभाव” भन्ने तर्कमाथि थप प्रश्न उठाएको छ ।

‘ड्यामेज कन्ट्रोल’ मा कम्पनी ?

विज्ञापन सन्देशमा कम्पनीले आफू स्वदेशी उद्योग भएको, हजारौंलाई रोजगारी दिएको र नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जस्ता विषय पनि जोडेको छ । तर, आलोचकहरूले यसलाई “मुख्य विषयबाट ध्यान मोड्ने प्रयास” का रूपमा व्याख्या गरेका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्पष्ट जिम्मेवारी लिनुको सट्टा भावनात्मक पक्ष अघि सारेर विषयलाई कमजोर बनाउन खोजिएको आरोप कम्पनीमाथि लागेको छ ।

खाद्य गुणस्तरको विषयमा प्रश्न उठिसकेपछि कम्पनीले तत्काल उत्पादन फिर्ता लिने, उपभोक्तासँग माफी माग्ने वा स्वतन्त्र परीक्षण सार्वजनिक गर्नेभन्दा पनि विज्ञापनमार्फत आफ्नो बचाउमा उत्रिएको देखिन्छ । यसले उपभोक्ताबीच थप आशंका पैदा गरेको छ ।

उपभोक्तामा बढ्दो चिन्ता

करेन्ट चाउचाउ विशेषगरी बालबालिका र युवापुस्तामाझ लोकप्रिय उत्पादन मानिन्छ । यस्तो अवस्थामा गुणस्तरमाथि प्रश्न उठ्नु सामान्य विषय होइन । सामाजिक सञ्जालमा धेरै उपभोक्ताले “यदि उत्पादन सुरक्षित थियो भने कम्पनीले किन मिति हेरेर मात्र खान आग्रह गर्‍यो ?” भन्ने प्रश्न उठाइरहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी जानकारहरूका अनुसार कुनै पनि प्याकेज्ड खाद्य सामग्री उचित तापक्रम र मापदण्डअनुसार उत्पादन तथा वितरण गरिएमा सामान्य घामकै कारण गुणस्तरहीन हुने अवस्था आउनु हुँदैन । यदि वितरण प्रणाली कमजोर थियो भने त्यसको जिम्मेवारी पनि उत्पादक कम्पनीकै हुने उनीहरूको तर्क छ ।

सरकारी निकायमाथि पनि प्रश्न

घटनापछि सरकारी निकायले बजार अनुगमनलाई अझ कडा बनाउने संकेत दिएका छन् । तर, उपभोक्ताले भने “यति ठूलो ब्राण्डको उत्पादनमा समस्या देखिँदासम्म नियामक निकाय किन मौन थियो ?” भन्ने प्रश्न पनि उठाएका छन् । खाद्य सुरक्षाको विषयमा प्रभावकारी निगरानी नभएको गुनासो लामो समयदेखि रहँदै आएको छ ।

उपभोक्ताको माग : पारदर्शी छानबिन होस्

उपभोक्ता अधिकारकर्मीहरूले करेन्ट चाउचाउको सम्पूर्ण उत्पादन प्रक्रिया, प्रयोग गरिएका कच्चा पदार्थ, भण्डारण प्रणाली र वितरण संयन्त्रबारे स्वतन्त्र तथा पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन् । साथै, गुणस्तरहीन प्रमाणित उत्पादन बजारबाट तत्काल फिर्ता लिन र दोषी भेटिए कानुनी कारबाही गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

करेन्ट चाउचाउ विवादले फेरि एकपटक नेपालमा खाद्य सुरक्षाको अवस्था, बजार अनुगमनको प्रभावकारिता र ठूला ब्राण्डप्रति हुने नियामकीय नरम व्यवहारबारे गम्भीर बहस जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

PM Modi Marks Seven Years Since Abolition of Article 370, Celebrates J&K Progress

Shenzhou-21 Astronauts Hold Press Conference After Return

Cockroach Janata Party to Serve as Pressure Group for Institutional Reform

Truck Accident in Bhimfedi Claims One Life

Turkish Court Orders X to Block Imamoglu’s Presidential Candidacy Account

RoK Ambassador Pays Farewell Call on Nepalese Foreign Secretary

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu