ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने


एबीसी न्यूज
५ जेष्ठ २०८३, मंगलबार   १ : ०२   बजे

काठमाडौं ५ जेष्ठ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ । समितिको चौथो बैठकले आठ जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो । समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समितिअन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रश्तुत गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका ग्याप तथा फाइन्डिङहरू समितिसमक्ष राखेका थिए । साथै, केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रियासम्बन्धी विषय उठाएका थिए । समितिले उपसमितिहरूलाई पनि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषय समेटेर बजेट तर्जुमाका सन्दर्भमा थप ५ देखि १० वटा सुझाव तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिएको बुढाथोकीले जानकारी दिनुभयो । 
सभापति बुढाथोकीले भन्नुभयो–‘आज अर्थ समितिको चौथो बैठक सम्पन्न भएको छ बैठकमा मुख्यतः अर्थ समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो रिपोर्टिङ प्रश्तुत गर्नुभयो । उहाँहरूले विभिन्न विषयवस्तुमा देखिएका ग्याप तथा फाइन्डिङहरू समितिसमक्ष प्रश्तुत गर्नुभयो ।  केही सदस्यहरूले वर्तमान बजेट तथा बजेट तर्जुमासम्बन्धी विषयहरू पनि उठाउनु भयो । सोही सन्दर्भमा समितिले आठ जना विज्ञहरूको नामावली आज पारित गरेको छ । उहाँहरूलाई आगामी बैठकमा बोलाएर आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमाका विषयमा सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक परामर्श लिने निर्णय गरिएको छ ।’
अर्थ समितिले विज्ञहरूको सुझाव, उपसमितिहरूको प्रतिवेदन तथा सांसदहरूले उठाएका विषयलाई आधार बनाएर आगामी बजेटबारे सरकारलाई थप सुझाव र निर्देशन दिने तयारी गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu