ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एल निनोका कारण विश्वभर चरम मौसमी जोखिम बढ्ने डब्ल्युएमओको चेतावनी


एबीसी न्यूज
२१ जेष्ठ २०८३, बिहिबार   ९ : १६   बजे

काठमाडौं २१ जेष्ठ । विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले प्रशान्त महासागरको उष्णकटिबंधीय क्षेत्रमा एल निनोको अवस्था विकसित भइरहेको र यसले आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पार्ने चेतावनी दिएको छ । यस प्राकृतिक मौसमी प्रणालीका कारण आगामी दिनहरूमा चरम मौसमी घटनाहरूको जोखिम उच्च रहने संगठनले जनाएको छ । जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डब्ल्युएमओका महासचिव सेलेस्टे साउलोले सम्भावित शक्तिशाली एल निनो इभेन्टका लागि पूर्वतयारी गर्न आवश्यक रहेको बताउनु भयो । डब्ल्युएमओको पछिल्लो अद्यावधिक प्रतिवेदनअनुसार सन् २०२६ को जुनदेखि अगस्ट महिनाको बीचमा एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ । यो सम्भावना सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा ९० प्रतिशत पुग्ने विशेषज्ञहरूको अनुमान छ । यसअघि सन् २०२३–२०२४ मा देखिएको एल निनो इतिहासकै पाँच शक्तिशाली घटनाहरूमध्ये एक थियो, जसले सन् २०२४ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव साउलोले उल्लेख गर्नुभयो । विभिन्न मुलुकका सरकार, मानवीय सहायता निकाय र जलवायु–संवेदनशील क्षेत्रहरूलाई समयमै सूचित गर्न डब्ल्युएमओले आगामी महिनाहरूमा मौसमी अवस्थाको सुक्ष्म अनुगमन गर्ने भएको छ । महासचिव साउलोका अनुसार सम्भावित जनधनको क्षति कम गर्न र एल निनोको प्रभावलाई न्युनिकरण गर्न मौसमी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली अत्यन्त महत्त्वपूर्ण हुनेछन् । 
यसै सन्दर्भमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक भिडियो सन्देश जारी गर्दै एल निनोले बढ्दो विश्वव्यापी तापक्रमको समस्यालाई आगोमा घिउ थपे झैँ थप भयावह बनाउने बताउनुभएको छ । 
महासचिव गुटेरेसले वर्तमान जलवायु संकटको प्रभावकारी समाधानका लागि जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जाको विस्तारलाई तिब्रता दिन र सबैका लागि प्रारम्भिक चेतावनी प्रणाली सुनिश्चित गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu