ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिबियाको त्रिपोलीमा आप्रवासी मुद्दालाई लिएर प्रदर्शनकारीद्वारा यूएनएचसीआरको कार्यालय बन्द


एबीसी न्यूज
२२ जेष्ठ २०८३, शुक्रबार   ९ : ००   बजे

काठमाडौं २२ जेष्ठ । लिबियाको राजधानी त्रिपोलीमा गैरकानूनी आप्रवासीहरूको व्यवस्थापन र बसोबासको विषयलाई लिएर असन्तुष्टि जनाउँदै सयौँ प्रदर्शनकारीहरूले बिहीवार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) को कार्यालय बन्द गराएका छन् । स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार, मध्य त्रिपोलीस्थित यूएनएचसीआरको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरूले देशमा गैरकानूनी आप्रवासीहरूको बसोवास गराउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।  उनीहरूले आप्रवासीहरूको स्थायी बसाई सुनिश्चित गर्ने कुनैपनि योजनाको कडा विरोध गर्दै उनीहरूलाई तत्काल देशनिकाला गर्न माग गरेका छन् ।प्रदर्शनकारीहरूले कार्यालयको मुख्य प्रवेशद्वारहरू अवरुद्ध पारेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । हालसम्म प्रदर्शनका क्रममा कुनै झडप वा चोटपटकको विवरण प्राप्त भएको छैन । लिबियामा पछिल्ला केही दिनदेखि गैरकानूनी आप्रवासनको समस्यालाई लिएर सार्वजनिक र सरकारीस्तरमा व्यापक बहस र चासो बढिरहेको छ । प्रदर्शनकारीहरूले सबै गैरकानुनी आप्रवासीहरूले लिबिया नछोडुन्जेल आफ्नो आन्दोलन र धर्ना कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् । 
यस घटनाका सम्बन्धमा यूएनएचसीआरले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । 
भौगोलिक अवस्थिति र खुला स्थल तथा समुद्री सिमानाका कारण लिबिया लामो समयदेखि भूमध्यसागर पार गरी युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट बिन्दुको रूपमा रहँदै आएको छ । तर पछिल्लो समय आप्रवासीहरूको बढ्दो चापले गर्दा स्थानीय स्तरमा सामाजिक र सुरक्षासम्बन्धी चिन्ताहरू व्यक्त हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group