ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो


एबीसी न्यूज
२२ जेष्ठ २०८३, शुक्रबार   ९ : ३५   बजे

काठमाडौं २२ जेष्ठ । सन् २०२६ को फिफा विश्वकपको पूर्वसन्ध्यामा स्पेनमा फुटबलको रौनक छाएको छ । राष्ट्रिय टोलीको सम्भावित प्रदर्शनलाई लिएर स्पेनी फुटबल समर्थकहरूले ठूलो उत्साह र भरोसा व्यक्त गरेका छन् । आगामी जुन ११ देखि शुरु हुने विश्वकपको यो संस्करण मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् । फुटबलको इतिहासमा पहिलोपटक ४८ वटा राष्ट्रिय टोलीहरूले यस प्रतियोगितामा सहभागिता जनाउँदैछन् । 
स्पेन भ्रमणमा रहेका विदेशी पर्यटकदेखि स्थानीय समर्थकहरू समेत अहिले स्पेनको पक्षमा उभिएका देखिन्छन् । स्थानीय प्रशंसक एडविन कोरियाले कामको व्यस्तताका बाबजुद आफूले स्पेन र अर्जेन्टिनाको खेल हेर्ने र उनीहरूलाई समर्थन गर्ने बताए । यस्तै, छुट्टी मनाउन स्पेन पुगेका एली डानोले स्पेनी खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै आफू स्पेनको समर्थक रहेको उल्लेख गरे । अर्का एक समर्थकले स्पेनको वर्तमान युवा टोलीमा उत्कृष्ट प्रतिभा रहेको भन्दै टोलीको सफलताप्रति आत्मविश्वास व्यक्त गरे । 
विश्वकपको तयारी स्वरूप स्पेनले बिहीवार राति इराकविरुद्ध पहिलो अभ्यास खेल खेल्दैछ । डेपोर्टिभो ला कोरुनाको रियाजोर स्टेडियममा हुने उक्त खेललाई स्पेनले आफ्नो तयारीको महत्वपूर्ण खुड्किलोका रूपमा लिएको छ । टोलीले विश्वकप अघि दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu