ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा


एबीसी न्यूज
२३ जेष्ठ २०८३, शनिबार   ७ : ३१   बजे

काठमाडौं, २३ जेठ । इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिइएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । आउँदो जुन १६ मा लस एन्जलसमा हुने न्युजिल्याण्डसँगको पहिलो खेलको १० दिन अघि मात्र भिसा स्वीकृति दिइएको बीबीसीले जनाएको छ । यद्यपि, इरानी फुटबल संघले भिसा स्वीकृतिको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

फिफा विश्वकप २०२६ जुन १२ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा शुरू हुँदैछ । यो प्रतियोगिताको पहिलो पुनरावृत्ति हुनेछ, जहाँ आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्नेछ । गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो ।

गएको शुक्रवारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जनाएको थियो । यसै हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनुभएको थियो ।

इरानी टोलीका केही खेलाडीले भने त्यो सैन्य संगठनसँग अनिवार्य सैन्य सेवा पूरा गरिसकेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu