ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल विश्कै उत्कृष्ट गन्तव्य


bhawani desk
२७ चैत्र २०७४, मंगलबार   १ : २७   बजे

धनिराम शर्मा(ऋतुविचार)

काठमाडौ,२७ चैत । विश्वका उत्कृष्ट गन्तव्यको देश भनेर नेपाल विश्वभर परिचित छ तर हाम्रो पर्यटन पूर्वाधार पर्यटनमैत्री विकास र व्यवहारका साथै राज्यको ठोस नीति र कार्यक्रम नहुदा पर्यटन क्षेत्रको योगदान अपेक्षाकृत हुन सकेको छैन ।विश्वकै आकर्षक गन्तव्य भएपनि पर्यटन बजारमा नेपालका पर्यटकीय सम्पदाहरुको बजारीकरण हुन नसकिरहेको बेला अमेरिकन ट्राभल सम्बन्धी एक प्रख्यात वेभसाइटले नेपाल विश्वका दश उत्कृष्ट गन्तव्यमा पहिलो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । संसारका विकसित भनेर कहलिएका देशलाई उछिन्दै नेपाल बेस्ट भ्यालु गन्तव्यको सूचिमा पहिलो स्थानमा परेको हो । विशेष गरि सन २०१५ को महाविनाशकारी भूकम्पपछि थिलोथिलो बनेको पर्यटन  २०१६ मा केही उकालो लागेको तथ्यांक छ । भूकम्पले थिलो थिलो बनेको पर्यटन क्षेत्रलाई उभो लगाउन केही प्रयास भएपनि खासै प्रगति त अझै हुन सकेको छैन । यद्यपी सन २०१६ मा पनि विश्व प्रख्यात प्रकाशक रफ गाइड्सले विश्वका टप गन्तव्यमा नेपाल पहिलो भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । भर्खरै लोन्ली प्लानेटले प्रतिवेदन सार्वजनिक गर्दै विश्वका घुम्नै पर्ने देशहरुको सूचि सार्वजनिक गरेको छ, जुन सूचिमा नेपाल पहिलो स्थानमा परेको छ । प्लानेटले विश्वका १ सय ९० देशबाट नेपाललाई पहिलो नम्बरमा छानेको हो । उसले गत सोमबार आफ्नो वेभसाइटमा प्रकाशित गरेको सूचिमा उत्कृष्ट गन्तव्यमा नेपाल परेको हो ।
प्लानेटले सम्बन्धित देशमा घुमेका पर्यटकहरुको अनुभव र आफ्ना प्रतिनिधिको मूल्यांकनका आधारमा उक्त सूचि तयार पारेको हो । लोन्लीको प्रतिवदेनमा भनिएको नेपाल भूकम्प र नाकाबन्दीको अप्ठ्यारो परिस्थितिबाट पूर्णरुपमा पुरानै लयमा फर्किएकोले नेपाल भ्रमण पर्यटनमैत्री भएको बताएको छ । नेपाल घुम्ने संख्या बिस्तारै बढीरहेकोलोन्लीले बताएको छ । उसले भनेको छ । नेपाल सस्तो मूल्यमा विश्वका उत्कृष्ट ट्रेकिङ र वाइल्ड लाइफ हेर्न सकिने देश भनेर प्रतिवेदनमा भनिएको छ । बेस्ट भ्यालुको गन्व्य भन्दै दैनिक ५० डलरमा धेरै अध्ययन अवलोकन गर्न सकिने भएकोले नेपाल भ्रमण उचित हुने उसको निष्कर्ष छ । यससंगै नेपालमा पाहुनाको मिठो न्यानो स्वागत हुने भएकोले पनि नेपाल भ्रमण उचित हुने उसको ठहर छ । विश्वका बेस्ट भ्यालु गन्तव्यमा नेपाल पहिलो, दोश्रोमा नाम्बिया, र तेश्रोमा पोर्चुगल त्यसै गरि चौथो देखि दशौ नम्बरमा क्रमश ः इटाल, हंगेरी, बेलिज, मोरक्को, रसिया, अष्ट्रेलिया, र अमेरिकालाई राखेको छ । यसरी नेपाल विश्वमै उत्कृष्ट गन्तव्य भएको विभिन्न प्रतिवेदन आइरहेको सन्दर्भमा सरकारको भ्रमण वर्ष २०२० लाई सफल बनाउन र १५ लाख पर्यटक ल्याउन विद्यमान पूर्वाधार, पर्यटन सुरक्षा तथा प्रर्वद्धनका कार्य गर्न अझै बांकी छ । सन २०२० को भ्रमण वर्ष सफल बनाउन जिम्मेवारहरुले निकै मेहनत गर्ने पर्छ ।
यसको लागि पर्यटन मन्त्रालय, पर्यटन बोडर्, निजी क्षेत्र र स्थानीयको भूमिका बढी ह्न्छ । सबैको भूमिका र पहलबाट बाह्य पर्यटक भित्र्याउन सकिन्छ । बाह्रय आगमन नबढेसम्म हाम्रो कुल ग्राहस्र्थ उत्पादनमा बढ्न नसक्ने भएकोले पर्यटन मैत्री बाताबरण निर्माण गरि सन २०२० लाई सफल बनाउन पर्यटन बजारीकरणको लागि सबैले पहल गरौ ।
विश्वका चर्चित वेसाइट तथा प्रकाशकहरुले नेपाल संसारकै उत्कृष्ट गन्तव्य भएको प्रतिवेदन सार्वजनिक गर्नु हाम्रा लागि निकै सुखद विषय हुन् । विश्व जगतले नेपालको प्राकृतिक सांस्कृति र नेपाल समाज कति धेरै रुचाउछन् भन्ने अर्काे तथ्य हो, लोन्ली प्लानेटको प्रतिवेदन यसर्थ यसको मर्मलाई बुझेर पर्यटन क्ष्ँेत्रमा सबैले नजर पुराउन अब ढीला गर्न हुदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group