ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   १० : ३४   बजे

काठमाडौं, १४ असार । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेता बनेको छ।

पहिलो हाफमै दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित दर्ता गर्यो। अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गरे भने ३१औँ मिनेटमा लौटारो मार्टिनेजले दोस्रो गोल थपे।

पहिलो हाफमा विश्राम पाएका कप्तान लियोनेल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। उक्त गोलसँगै जारी विश्वकपमा मेसीको व्यक्तिगत गोल संख्या ६ पुगेको छ।

जोर्डनका लागि ५५औँ मिनेटमा मुसा अल–तामारीले सान्त्वना गोल फर्काएका थिए। तर त्यसपछि थप गोल गर्न नसक्दा जोर्डन हार टार्न असफल रह्यो।

यसअघि नै लगातार दुई खेल जित्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा यात्रा टुंग्याएको छ। अपराजित लय कायम राखेको अर्जेन्टिना उपाधि दाबेदार टोलीका रूपमा थप बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu