ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ११ : ५१   बजे

काठमाडौं १५ असार । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ । हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिव ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ । कतिपय स्थानमा चट्याङका कारण डढेलो शुरु भएको पुष्टि भएको छ । डढेलोको जोखिम बढेपछि हुस्काबाट करिव २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिव १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ । बार्सिलोना नजिकैको क्षेत्रमा जानाजानी डढेलो लगाएको आशंकामा क्याटलन प्रहरी (मोजोस डिक्वेग्रा) ले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 
यस वर्षको पहिलो तातो लहरका कारण स्पेनका कतिपय क्षेत्रमा जुन महिनाकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । बिल्बाओमा ४३ डिग्री सेल्सियस र दक्षिणी प्रान्त जाएनमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो । यो सप्ताहबाट पुनः गर्मी बढ्ने मौसमविद्हरूको पूर्वानुमान छ । आगामी साताको शुरुवातमा राजधानी म्याड्रिडको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu