ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको अन्तिम ३२ मा जर्मनी र पाराग्वे भिड्दै, प्रिक्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ८ : ०१   बजे

काठमाडौं, असार १५ — फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा चार पटकको विश्व च्याम्पियन जर्मनीले मंगलबार पाराग्वेको सामना गर्दैछ। अमेरिकाको बोस्टनस्थित रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान २ः१५ बजे सुरु हुनेछ।

समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको जर्मनी उपाधि दाबेदार टोलीमध्ये एक हो। यता, समूह ‘डी’ मा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा पाराग्वेले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

समूह चरणमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै सशक्त सुरुआत गरेको थियो। त्यसपछि आइभरी कोस्टमाथि २–१ को जित निकालेको जर्मनी अन्तिम खेलमा इक्वेडरसँग २–१ ले पराजित भएको थियो।

पाराग्वेले भने पहिलो खेलमा आयोजक अमेरिकासँग ४–१ को हार बेहोरे पनि दोस्रो खेलमा टर्कीलाई १–० ले पराजित गरेको थियो। अन्तिम खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेलेपछि उपविजेता बन्ने अवसर गुमाए पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

दुवै टोलीबीच हालसम्म तीन अन्तर्राष्ट्रिय भेट भएका छन्। जर्मनी र पाराग्वेले समान एक–एक खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको थियो। सन् २००२ को विश्वकपको प्रि–क्वार्टरफाइनलमा जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो।

रणनीतिक रूपमा जर्मनीले ४–२–३–१ को संरचनामा मैदान उत्रिने अपेक्षा गरिएको छ। काई हाभर्ट्ज र जमाल मुसियालाजस्ता आक्रामक खेलाडी जर्मनीका मुख्य हतियार रहनेछन्। यता पाराग्वेका जुलियो इन्सिसो र कप्तान गुस्ताभो गोमेज जर्मनीका लागि चुनौती बन्न सक्छन्। पाराग्वेले ४–१–४–१ वा ५–४–१ को रक्षात्मक रणनीति अपनाउने अनुमान गरिएको छ।

विश्वकप इतिहासमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। उसले १९५४, १९७४, १९९० र २०१४ मा उपाधि जितिसकेको छ। यता पाराग्वेको विश्वकपमा उत्कृष्ट उपलब्धि सन् २०१० मा क्वार्टरफाइनलसम्म पुग्नु हो।

यस खेलको विजेताले प्रि–क्वार्टरफाइनलमा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, मंगलबार बिहान अर्को अन्तिम ३२ को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्। उक्त खेलको विजेताले अन्तिम १६ मा सहआयोजक क्यानडाको सामना गर्नेछ। सोमबार राति ब्राजिल र जापान तथा आइभरी कोस्ट र नर्वेबीच पनि नकआउट चरणका महत्वपूर्ण खेल हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu