काठमाडौं, १६ असार । जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको ज्यान गएको छ ।
तीन महिने छोरीको अभिभावकत्वसम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ ।पारिवारिक विवादले घटना भएको र चार जना महिला र दुई जना पुरुषले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन् । गोली चल्दा तीन महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ ।प्र हरीले गोली चलाउने ४५ वर्षीय पुरुषसहित तीन जनालाई पक्राउ गरेको छ ।







प्रतिक्रिया दिनुहोस्