ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी–पेजेश्कियनबीच टेलिफोन वार्ता, होर्मुजबारे के भयो कुराकानी ?


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ९ : ११   बजे

काठमाडौं, १७ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति मसुद पेजेश्कियनबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताबारे जानकारी दिएका हुन्।

मोदीले पश्चिम एसियामा हालै विकसित घटनाक्रमबारे राष्ट्रपति पेजेश्कियनसँग छलफल भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि भएका प्रगतिहरूको स्वागत गरेका छन्। उनले निरन्तर प्रयासमार्फत क्षेत्रमा दिगो शान्ति कायम हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत तथा विश्वका लागि होर्मुज जलमार्गमा निर्बाध र स्वतन्त्र जल यातायातको महत्व पुनः दोहोर्‍याएको बताएका छन्।

उता भारतस्थित इरानी दूतावासले पनि एक्समार्फत वार्ताको विवरण सार्वजनिक गरेको छ। दूतावासका अनुसार राष्ट्रपति पेजेश्कियनले मंगलबार दिउँसो प्रधानमन्त्री मोदीसँग टेलिफोनमा कुराकानी गरेका थिए।

वार्ताका क्रममा पेजेश्कियनले भारतमा सम्पन्न ब्रिक्स ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाको प्रशंसा गर्दै ब्रिक्सजस्ता बहुपक्षीय मञ्चहरूमा इरान र भारतबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

उनले इरान र भारतबीचको सम्बन्ध लामो ऐतिहासिक सम्बन्ध तथा आपसी सम्मानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताए।

उपलब्ध क्षमताको पूर्ण उपयोग गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ मार्गहरू पहिचान गर्न आवश्यक रहेको उनको भनाइ थियो।

पेजेश्कियनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय धेरै मुद्दामा इरान र भारतको दृष्टिकोण समान रहेको पनि बताए। विशेषगरी बहुपक्षीय संगठन तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा रहेको यो समानताले दुवै देशबीचको रणनीतिक सहकार्य र व्यापक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

इरानी दूतावासका अनुसार वार्ताका क्रममा पेजेश्कियनले हालै भएको युद्धविराम तथा द्वन्द्व अन्त्यसम्बन्धी सहमतिबारे पनि चर्चा गरेका थिए।

उनले इरान आफ्ना सबै प्रतिबद्धता पूरा गर्न तयार रहेको उल्लेख गर्दै सम्झौताका सर्तहरू अर्को पक्षले पनि इमान्दारी र जिम्मेवारीपूर्वक पालना गर्ने अपेक्षा व्यक्त गरे। त्यसो भएमा क्षेत्रमा दिगो शान्ति, स्थायित्व र सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu