ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेन र पोर्चुगल : अन्तिम–१६ मा दुई युरोपेली महाशक्ति आमनेसामने


एबीसी न्यूज
१९ असार २०८३, शुक्रबार   ७ : ०३   बजे

एकातिर यामाल, पेड्री र ओयारजाबालको लयमा रहेको स्पेन हुनेछ भने अर्कोतर्फ अनुभवी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल हुनेछ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–३२ को चरणमा स्पेन र पोर्चुगल दुवैले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेका छन्। स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित दर्ता गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो। अब विश्व फुटबलका दुई दाबेदार स्पेन र पोर्चुगलबीच अन्तिम–१६ मा रोमाञ्चक भिडन्त हुने भएको छ। 

स्पेनको उत्कृष्ट प्रदर्शन, अस्ट्रियामाथि ३–० को सहज जित

लस एन्जलसमा भएको खेलमा स्पेनले सुरुदेखि नै बल नियन्त्रण र आक्रमणमा दबदबा कायम गर्यो। प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले ६८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २३ वटा प्रहार गरेको थियो, जसमध्ये ९ प्रहार लक्ष्यमा थिए। अस्ट्रियाले भने खेलभरि गोलपोस्टमा एक पनि प्रभावकारी प्रहार गर्न सकेन। 

स्पेनका लागि कप्तान मिकेल ओयारजाबाल नायक बने। उनले पहिलो हाफको ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा पेड्रो पोरो ले ६६औँ मिनेटमा आकर्षक गोल थपेपछि स्पेनको जित लगभग सुनिश्चित भयो। खेलको ८९औँ मिनेटमा ओयारजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को शानदार जित पक्का गरे। 

युवा स्टार लामिन यामाल, मिडफिल्डर पेड्री, र फुलब्याक मार्क कुकुरेला ले पनि उत्कृष्ट खेल प्रस्तुत गरे। रक्षक पाउ कुबार्सी र आयमेरिक लापोर्टे को जोडीले लगातार चौथो खेलमा पनि स्पेनको गोलपोस्ट सुरक्षित राख्न सफल भयो। प्रशिक्षक डे ला फुएन्तेले खेलपछि आफ्नो टोलीको प्रदर्शनलाई “लगभग पूर्ण” भएको प्रतिक्रिया दिएका थिए। 

पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो

अर्को अन्तिम–३२ को खेलमा पोर्चुगलले अनुभवी टोली क्रोएसियामाथि संघर्षपूर्ण २–१ को जित निकाल्यो। खेल निकै प्रतिस्पर्धात्मक भए पनि अन्तिम समयमा पोर्चुगलले आफ्नो अनुभव र आक्रामक खेलमार्फत सफलता हात पार्यो। 

क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा मैदान उत्रिएको पोर्चुगलले महत्वपूर्ण समयमा गोल गर्दै जित सुनिश्चित गर्यो। क्रोएसियाले बराबरीको प्रयास गरे पनि पोर्चुगलको रक्षापंक्तिले अन्तिम मिनेटसम्म दबाब थेग्दै टोलीलाई अन्तिम–१६ मा पुर्यायो। 

अब विश्वकपमा ‘हेभीवेट’ भिडन्त

स्पेन र पोर्चुगलको जितसँगै विश्वकपको अन्तिम–१६ मा दुई छिमेकी राष्ट्रबीच बहुप्रतिक्षित भिडन्त पक्का भएको छ। एकातिर यामाल, पेड्री र ओयारजाबालको लयमा रहेको स्पेन हुनेछ भने अर्कोतर्फ अनुभवी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल हुनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेल विश्वकपकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu