ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा हर्मोज जलडमरू बन्द; ट्रम्पद्वारा १,००० मिसाइल तयार रहेको चेतावनी


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   ५ : २४   बजे

काठमाडौँ — मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स को नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलडमरू (Strait of Hormuz) पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। इरानी अधिकारीहरूको पूर्व-स्वीकृतिबिना कुनै पनि जलसैनिक वा व्यापारिक जहाजहरूलाई उक्त मार्ग प्रयोग नगर्न कडा चेतावनी दिइएको छ।

ओमानको मस्कटमा इरान र ओमानका अधिकारीहरूबीच जलयात्रा सञ्चालनलाई लिएर प्राविधिक र राजनीतिक वार्ता जारी राख्ने सहमति भएको केही घण्टा लगतै तेहरानले यो कठोर कदम चालेको हो। वार्ताका क्रममा ओमानले दुईवटा छुट्टाछुट्टै वैकल्पिक मार्गको प्रस्ताव गरे पनि इरानले त्यसलाई ठाडो अस्वीकार गरेको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै १,००० मिसाइलहरू “लक्ड एन्ड लोडेड” (निशाना तोकेर प्रहारका लागि तयारी) अवस्थामा राखिएको दाबी गरेका छन्। यदि इरानले आफ्नो हत्या गर्ने कुनै पनि प्रयास गरेमा थप हजारौँ मिसाइलहरू प्रहार गरिने ट्रम्पले बताएका छन्।

अर्कोतर्फ, मध्यपूर्वको यो तनावसँगै इजरायलले दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ। लेबनानको अल-मन्सौरी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्वको कुल पेट्रोलियम आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने हर्मोज जलडमरू बन्द भएसँगै विश्व बजारमा इन्धन संकट चुलिने र अमेरिका-इरान प्रत्यक्ष युद्धको खतरा बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

इरानद्वारा हर्मोज जलडमरू बन्द; ट्रम्पद्वारा १,००० मिसाइल तयार रहेको चेतावनी

सम्बन्धित

विश्वकपमा अर्जेन्टिना र स्विट्जरल्यान्ड: ६० वर्षपछि फेरि क्वार्टरफाइनलको ऐतिहासिक भेट, विगतमा कस्तो थियो प्रतिस्पर्धा?

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

बेलिङ्घमको नेतृत्व, टुखेलको रणनीति : नर्वेमाथिको जितले विश्वकप जित्ने दाबेदारी बलियो ? (नाटकीय फोटो र भिडियो)

८९ वर्षको प्रतिस्पर्धा, दुई ऐतिहासिक हार र विश्वकपमा पहिलो भेट: इंग्ल्यान्ड–नर्वे प्रतिद्वन्द्विताको रोचक कथा

एयर फोर्स वनको समाचार लेख्दा पत्रकारमाथि एफबीआईको समन: ह्वाइट हाउसको भूमिका विवादमा

प्रहरीको कुटपिटबाट जेनजी अभियन्ता माजिद अन्सारी घाइते, उपचारका लागि अस्पताल भर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu