ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   ६ : ४१   बजे

काठमाडौं, २८ असार । फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनल खेलमा नर्वेलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ले पराजित गरेको हो।

नियमित ९० मिनेटको समयमा नतिजा १–१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।

अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो। नर्वेका लागि एकमात्र गोल एन्ड्रियस स्जेल्डरुपले गरे। खेलको पहिलो हाफमा इङ्ल्यान्डले बल पोजिसनमा आफ्नो दबदबा राखे पनि खेलको ३६ औं मिनेटमा नर्वेले पहिलो गोल निकाल्यो। नर्वेको लागि एन्ड्रियस स्जेल्डरुपले उत्कृष्ट गोल गरे। उनले हानेको प्रहार दोस्रो बारमा ठोक्किँदै पोस्टभित्र रिबाउन्ड हुँदा गोल भएको हो।
पहिलो हाफमा ४ मिनेटको थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा इङ्ल्यान्डले बराबरी गोल फर्कायो। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले ३ जना डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिस गरे ।

खेलको पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा नर्वेले खेलको ५६औं मिनेटमा गोल गरेको थियो तर त्यो गोल रद्ध भयो। कर्नरमा आएको बल गोलमा परिणत हुनु अघि एर्लिङ हालान्डले ज्यानका खेलाडीलाई पेनाल्टी बक्सभित्र धकेलेर लडाउँदा गोल रद्द गरियो र कर्नर पुनः दिएको थियो।

को निर्धारित ९० मिनेट र थप गरिएको सात मिनेटको इन्जुरी समयमा पनि खेल १र१ बराबरीमै रह्यो। जसको फलस्वरूप खेल अतिरिक्त समयमा लम्बियो।

अतिरिक्त समयको तेस्रो मिनेटमा जुड बेलिङ्घमले व्यक्तिगत दोस्रो र टिमको लागि पनि दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई अग्रतामा ल्याए। यही बोल्ने निर्णायक बन्यो । इङ्ल्यान्डसँग पराजित हुँदा नर्वेको विश्वकप यात्रा सकिएको छ। इङ्ल्यान्ड फिफा विश्वकपमा चौथो पटक सेमिफाइनल पुगेको हो।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इङ्ल्याण्डले सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने इङ्ल्यान्ड क्वाटरफाइनल बाटै घर फर्किएको थियो। इङ्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको अन्तिम क्वाटर फाइनल खेलको विजेतासँग सेमीफाइनलमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu