ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने


एबीसी न्यूज
२८ चैत्र २०७४, बुधबार   ११ : ४४   बजे

 

 पर्वत, २८ चैत । पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।

प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।

अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ ।

वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित हुने व्यक्ति वा समुदायलाई राहत दिनका लागि सबै स्थानीय तहमा यस्तो कोष खडा गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहका प्रमुख उपप्रमुखको संयुक्त बैठकले जिल्लाका सातवटै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रत्येक स्थानीय तहले आन्तरिक स्रोत व्यवस्थापन गरेर कोष खडा गर्ने भएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला, मोदी, महाशिला, पैंँयु र विहादी गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रकम विनियोजन नगरेको र आगामी आर्थिक वर्षमा नगर तथा गाउँ सभाबाटै रकम विनियोजन गरेर कोष खडा गर्ने बताएका छन् ।

आ–आफ्नो तहमा कार्यपालिको सहमतिअनुसारको रकमले कोष खडा गरिने भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

यस्तै सो बैठकले जिल्ला समन्वय समितिवाट प्राप्त भएको रु एक लाख रुपंैयाले तीनवटै सुरक्षा निकायलाई आवश्यक विपद् व्यवस्थापन सामाग्री खरिद गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी विपद् व्यवस्थापन कार्यविधि २०७४ अनुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै कुश्मा नगरपालिकामा रहेको बारुणयनत्रलाई तयारी अवस्थामा राख्ने र सबै गाउँपालिका र नगरपालिकाको समन्वयात्मक रुपमा सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तीनजना व्यक्तिको परिवारका हकवालालाई रु तीन लाख प्रदान गरिएको र आवास तथा खेतबालीमा नोक्सानी पुगेका २२ घरपरिवारलाई रु एक लाख ४४ हजार वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको कोषबाट उक्त राहात रकम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कृषि र पशुमा प्राप्त पुनःनिर्माण राहात कार्यक्रम पनि पीडितलाई मागबमोजिम छनोट गरेर प्रदान गर्ने निर्णय समेत उक्त बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group