ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   २ : ४३   बजे

काठमाडौं,  — फिफा विश्वकप २०२६ सेमिफाइनल चरणमा पुग्दासम्म खेलाडीहरूले गरेको गोलका आधारमा क्लबहरूको सूची सार्वजनिक हुँदा रियल म्याड्रिड शीर्ष स्थानमा देखिएको छ। विश्वभरका विभिन्न राष्ट्रिय टोलीका खेलाडीहरूले गरेको गोललाई उनीहरू आबद्ध क्लबका आधारमा गणना गर्दा स्पेनिस महारथी रियल म्याड्रिडका खेलाडीहरू सबैभन्दा प्रभावशाली देखिएका हुन्।

रियल म्याड्रिडका खेलाडीहरूले हालसम्म प्रतियोगितामा १८ गोल गरेका छन्। यसमा किलियन एम्बाप्पे एक्लैले ८ गोल गरेका छन् भने भिनिसियस जुनियर, जुड बेलिङ्घम र अर्दा गुलरले पनि टोलीको गोलसंख्या बढाउन महत्त्वपूर्ण योगदान दिएका छन्।

दोस्रो स्थानमा रहेको पेरिस सेन्ट-जर्मेन (पीएसजी) का खेलाडीहरूले १३ गोल गरेका छन्। उस्मान डेम्बेले, ब्राडली बार्कोला, इब्राहिम एमबाये, जोआओ नेभेस, नुनो मेन्डेस, अशराफ हाकिमी, डिजायर डुए र फाबियन रुइजले पीएसजीका लागि विश्वकपमा गोल गरेका छन्।

आर्सनल तेस्रो, क्रिस्टल प्यालेस र इन्टर मियामी पनि चम्किए

तेस्रो स्थानमा रहेको आर्सनलका खेलाडीहरूले ९ गोल गरेका छन्। काइ हाभर्ट्ज, गेब्रियल मार्टिनेली, लिएन्ड्रो ट्रोसार्ड, भिक्टर ग्योकेरेस र मिकेल मेरिनोले टोलीको गोल योगदान दिएका छन्।

क्रिस्टल प्यालेस, इन्टर मियामी र सन्डरल्यान्डका खेलाडीहरूले समान ८–८ गोल गरेका छन्। इन्टर मियामीका सबै गोल लियोनेल मेस्सीकै नाममा रहेका छन्।

बायर्न, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

बायर्न म्युनिख, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले समान ७ गोल गरेका छन्। बायर्नका लागि जमाल मुसियाला र ह्यारी केन, सिटीका लागि एर्लिङ हालान्ड, तथा युनाइटेडका लागि अमाद डियालो, मार्कस रासफोर्ड, माथेउस कुन्हा र लिसान्द्रो मार्टिनेजले गोल गरेका छन्।

लिभरपुलसहित पाँच क्लबका ६–६ गोल

लिभरपुल, न्यूक्यासल, रियल सोसिडाड, भिल्लारियल र वल्भ्सका खेलाडीहरूले समान ६ गोल गरेका छन्। लिभरपुलका भर्जिल भान डाइक, कोडी गाक्पो, रायन ग्राभेनबर्ख र एलेक्सिस म्याक एलिस्टर उल्लेखनीय गोलकर्ता बनेका छन्।

टोटेनहम, नापोली, अल–नास्रलगायत पनि सूचीमा

टोटेनहम, नापोली, अल–नास्र, अल–काद्सियाह र अल–अह्लीका खेलाडीहरूले समान ४ गोल गरेका छन्। टोटेनहमका पेड्रो पोरो र क्रिस्टियन रोमेरो, नापोलीका केभिन डे ब्रुयन र रोमेलु लुकाकु तथा अल–नास्रका क्रिस्टियानो रोनाल्डो प्रमुख गोलकर्ता बनेका छन्।

बार्सिलोना र चेल्सीका गोलकर्ता सीमित

विश्व फुटबलका दुई ठूला क्लब बार्सिलोना र चेल्सीका खेलाडीले भने हालसम्म एक–एक गोल मात्र गरेका छन्। बार्सिलोनाको एकमात्र गोल लामिन यामालले गरेका छन् भने चेल्सीका लागि एन्जो फर्नान्डेजले गोल गरेका छन्।

विश्वकप अब सेमिफाइनल चरणमा पुगेको छ। बाँकी खेलमा कुन क्लबका खेलाडीले थप गोल गर्दै शीर्ष स्थान बदल्ने हुन् भन्नेमा फुटबल समर्थकको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

एनपीएलका लागि चितवन राइनोजमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu