ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थबाङ आर्थिक क्रान्तितर्फ अग्रसर


admin
२८ चैत्र २०७४, बुधबार   ५ : ०७   बजे

रोल्पा, २८ चैत । सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ ।

बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् ।

थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि प्रणाली अपनाउन सके कृषकको जीवनस्तरमा सकारात्मक सुधार आउन सक्ने तथा युद्धका घाउमा मलहम लगाउन सकिने उनीहरुको धारणा छ ।

“विभिन्न राजनीतिक उतार चढाव आए पनि थबाङी जनताको वास्तविक जीवनस्तरमा तात्विक परिवर्तन नआएको हुँदा हामीले आर्थिक क्रान्ति शुरु गरेका छौँ,” थबाङ रोल्पाका अगुवा कृषक हितप्रसाद रोकाले भन्नुभयो । ४२ वर्षीय रोका थबाङमै आलु खेतीका क्षेत्रमा अगुवा कृषकको रुपमा चिनिनुहुन्छ । प

परिवारको साथ र सहयोगका कारण आफूलाई कृषि क्षेत्रमा उल्लेखनीय सहयोग पुग्दै आएको उहाँले बताउनुभयो ।

परम्परागत कृषि प्रणालीबाट हालसम्म वार्षिक ५५ क्विन्टल आलु उत्पादन गर्दै आउनुभएको रोकाले त्यसबाट करीब रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार समग्र थबाङी कृषकले हालसम्म परम्परागत कृषि खेती प्रणालीबाट औसतमा १५ देखि २० क्विन्टल आलु फलाउँदै आएका छन् । यसरी आलुखेती नै थबाङका अधिकांश कृषकको आयस्रोतको प्रमुख माध्यम बनेको छ ।

अबका दिनमा आधुनिक कृषि प्रणाली अपनाउन सके आलु खेतीबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गरी बेरोजगारी समास्यासमेत समाधान हुँदै जाने देखिएको छ । यही कुरालाई मध्यनजर गर्दै आलुको सम्भाव्यता अध्ययन गरेर आफू यस क्षेत्रमा सक्रिय रहेको उहाँले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय रोल्पा र राष्ट्रिय आलु बाली विकास खुमलटार ललितपुरबाट उन्नत आलु खेती प्रविधिसम्बन्धी तालीम र अवलोकन भ्रमणको अवसर पाएपछि आफूलाई थप ऊर्जा मिलेको रोकाले बताउनुभयो ।

“थबाङ उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँका हावापानी कारण दुई बाली लिन सक्ने अवस्था देखिँदैन । जसका कारण हामीले मिश्रित बाली अपनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

रोकाका अनुसार सिमी, भटमास र आलु खेती एकै ठाउँमा गर्दा अर्गानिक कृषिमा रोग कीराको संक्रमण कम हुने, कोशेबालीले माटोको अवस्था या गुणस्तरमा सुधार ल्याउने भएको हुँदा यहाँका कृषकले मिश्रित खेती प्रणाली अपनाउँदै आएका छन् ।

थबाङ रोल्पाका स्थानीय युवा अमित घर्तीका अनुसार कृषकको एकोहोरो प्रयासले मात्र क्रान्ति सफल नहुने भएको हुँदा सबै क्षेत्रको साथ र सहयोगको खाँचो हुने बताउनुभयो ।

उहाँका अनुसार आलु ढुवानी तथा निर्यातका लागि विशेष पहल हुनुपर्ने देखिन्छ । बर्सातका समयमा पनि निरन्तर मोटरबाटो सञ्चालन हुन सके आलु निर्यातमा सहज हुनेछ । यसका साथै स्थानीय स्तरमा आलुका विभिन्न परिकार बनाउनका लागि सीपमूलक तालीम सञ्चालन गर्नुपर्ने तथा स्थानीय स्तरमा लघु घरेलु उद्योग स्थापना गर्न जरुरी देखिन्छ ।

यस्तै थबाङ गाउँपालिका रोल्पाका कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले आलु ब्लक उत्पादनका लागि मिलीजुली कृषि सहकारी संस्था लिमिटेड थबाङ–१ रोल्पा छनोट भइससकेको जानकारी दिनुभयो । उहाँका अनुसार आलु खेती व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आलु ब्लक सञ्चालन समिति गठन भइसकेको छ ।

यस वर्ष कृषकले स्थानीय जातको आलुको बीउ रोपिसकिएकाले यस क्षेत्रमा विनियोजित रु १५ लाख भण्डारणको व्यवस्थापन र ढुवानीका लागि साधन खरिद गर्नेमा खर्च गर्ने लक्ष्य लिएको छ । थबाङमा उत्पादन भएको आलु बजारीकरण हुन सक्यो भने मात्र पनि ५ नं प्रदेशलाई पुग्ने अनुमान गरिएको चौधरीले बताउनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार बर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको र खेतीयोग्य जमीन बाँझो भइरहेको अवस्थामा यस कार्यक्रमले बेरोजगार युवालाई स्वदेशमै आत्मनिर्भर बन्न सहयोग पु¥याउने तथा उर्वर जमिनको सही सदुपयोग हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu