ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईदेखि रोबोटिक्ससम्म: ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि, ६० बढी युवा प्रतिस्पर्धामा


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं। मिड–भ्याली इन्टरनेसनल कलेजको आयोजनामा ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ आजदेखि काठमाडौंमा सुरु भएको छ। ‘Build Today, Transform Tomorrow’ नारासहित आयोजित दुईदिने कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ।

युवामा डिजिटल नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा २१ टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी भएका छन्। १६ देखि २४ वर्ष उमेर समूहका सहभागीहरूले कृत्रिम बौद्धिकता (AI), इन्टरनेट अफ थिङ्स (IoT), रोबोटिक्स र क्लाउड कम्प्युटिङ प्रयोग गरी नेपालको वास्तविक समस्या समाधान गर्ने प्रविधिमैत्री प्रोटोटाइप विकास गर्नेछन्।

प्रतिस्पर्धा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छ वटा विषयमा केन्द्रित हुनेछ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टर ले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरिरहेका छन्। प्रोशोर, पिनाकिन टेक्नोलोजिज र जेनेसेलगायतका आईटी कम्पनीका विशेषज्ञहरूले प्राविधिक तथा व्यावहारिक सहयोग प्रदान गर्नेछन्।

कलेजका बीआईटी कार्यक्रम प्रमुख सुदीपलाल बजिमया ले ह्याकाथनको उद्देश्य सैद्धान्तिक ज्ञानलाई व्यावहारिक समाधानमा रूपान्तरण गर्नु रहेको बताए। उनका अनुसार उद्योगसँगको प्रत्यक्ष सहकार्यले युवालाई देशका चुनौती समाधान गर्ने नवीन प्रविधि विकासमा प्रेरित गर्नेछ।

ह्याकाथनको अन्तिम दिन सहभागी टोलीले तयार पारेका न्यूनतम व्यवहार्य उत्पादन (MVP) निर्णायकसमक्ष प्रस्तुत गर्नेछन्। मूल्याङ्कन सिटीटेकका संस्थापक साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्सका प्रबन्ध निर्देशक मनिष खेम्का र आईएमई खल्तीका सहसंस्थापक अमित अग्रवाल ले गर्नेछन्।

प्रतियोगितामा ७५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार राखिएको छ। आयोजकका अनुसार विजेताको घोषणा आइतबार साँझ गरिनेछ।

ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेसनल कलेज ले सूचना प्रविधि, व्यवस्थापन र हस्पिटालिटी विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले उद्योगमैत्री र व्यावहारिक शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनतर्फ अग्रसर गराउने लक्ष्य लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu