ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारको ७० बुँदे कडा निर्देशन, खर्च नहुने बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न ७० बुँदे बजेट तथा कार्यक्रम कार्यान्वयन मार्गदर्शन जारी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायलाई जारी गरेको मार्गदर्शनमा बजेट खर्च, सार्वजनिक खरिद, अनुदान व्यवस्थापन, बहुवर्षीय आयोजना, रकमान्तर तथा वित्तीय अनुशासनका विषयमा कडा व्यवस्था गरिएको छ।

मार्गदर्शनअनुसार प्रदेश विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानुनको पूर्ण पालना गर्दै बजेट कार्यान्वयन गर्नुपर्नेछ। मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रमलाई मात्र आधिकारिक मानिने र सोही आधारमा बजेट निकासा तथा खर्च गर्न पाइने व्यवस्था गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास खर्चलाई समयमै र गुणस्तरीय रूपमा कार्यान्वयन गर्नु मार्गदर्शनको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार बजेट खर्चमा वित्तीय अनुशासन कायम गर्दै सबै निकायलाई नतिजामुखी कार्यसम्पादनमा केन्द्रित गरिनेछ।

मार्गदर्शनमा एउटै आयोजना दोहोरो रूपमा समावेश भएको पाइए एक मात्र कार्यान्वयन गरिने र अर्को रोक्का राखिने उल्लेख छ। अर्को मन्त्रालयको कार्यक्षेत्रमा पर्ने आयोजना सम्बन्धित मन्त्रालयको सहमतिबिनै कार्यान्वयन गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, स्थानीय तहबाट कार्यान्वयन गर्दा प्रभावकारी हुने आयोजना प्रदेश सरकारको निर्णयपछि मात्र हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारले फागुन मसान्तसम्म खरिद प्रक्रिया सुरु नभएका वा चालु आर्थिक वर्षभित्र खर्च हुन नसक्ने निश्चित भएका बजेट चैत १५ गतेभित्र आर्थिक मामिला तथा योजना मन्त्रालयमा फिर्ता गर्नुपर्ने कडा प्रावधान पनि लागू गरेको छ।

प्रदेश सरकारले खर्च हुन नसक्ने बजेट अन्तिम समयमा थन्क्याउने प्रवृत्तिको अन्त्य गर्दै विकास बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu