ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । नेपाली क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता फेरि संकटमा परेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँगको त्रिकोणात्मक शृंखलाका चारै खेल गुमाएपछि नेपालमाथि एकदिवसीय मान्यता जोगाउने दबाब बढेको हो।

सन् २०१८ मा ओडीआई मान्यता प्राप्त गरेको नेपालले यसअघि पनि २०१९–२३ लिग–२ को अन्तिम चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै मान्यता जोगाएको थियो। तर यसपटक शीर्ष चारमा रहेर सिधै विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

नेपालले लिग–२ मा हालसम्म ३२ खेल खेल्दै ११ जित र २१ हारसहित २४ अंक जोडेको छ। टोली अहिले छैटौँ स्थानमा छ भने समान २४ अंक रहेको क्यानडा सातौँ स्थानमा छ। बाँकी खेलको नतिजाअनुसार नेपाल सातौँ स्थानमा झर्ने जोखिम पनि कायम छ।

अब नेपालले अक्टोबरमा ओमान र क्यानडासँग अन्तिम त्रिकोणात्मक शृंखला खेल्नेछ। उक्त शृंखलामा राम्रो नतिजा निकाल्न नसके नेपालले ओडीआई मान्यता जोगाउन प्लेअफ खेल्नुपर्ने अवस्था आउनेछ।

नेदरल्यान्ड्स भ्रमणमा नेपाली टोली ब्याटिङ, फिल्डिङ र दबाबका क्षण सम्हाल्न असफल देखियो। कप्तान रोहितकुमार पौडेलले चारै खेलमा ब्याटिङ र फिल्डिङ अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरेका छन्।

उनका अनुसार कमजोर निर्णय, महत्वपूर्ण क्याच छुट्नु र साना अवसर सदुपयोग गर्न नसक्दा टोलीले सबै खेल गुमाएको हो। उनले अन्तिम शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउनु नै अहिलेको मुख्य लक्ष्य भएको बताएका छन्।

नेपालको अर्को ठूलो चुनौती विदेशी भूमिमा कमजोर प्रदर्शन हो। हालसम्म लिग–२ मा नेपालले घरेलु मैदानमा १२ खेलमध्ये सात जित निकाले पनि विदेशमा खेलेका २० खेलमध्ये चार खेल मात्रै जित्न सकेको छ।

यदि नेपाल लिग–२ मा पाँचौँ वा छैटौँ स्थानमा रह्यो भने एकदिवसीय मान्यता स्वतः जोगिनेछ। तर सातौँ वा आठौँ स्थानमा पुगेमा च्यालेन्ज लिगका टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। त्यहाँ पनि च्यालेन्ज लिगबाट आएका टोलीभन्दा माथि रहन सके मात्र ओडीआई मान्यता कायम रहनेछ।

एकदिवसीय मान्यता गुमे नेपाली क्रिकेटमा आर्थिक असर पनि गम्भीर पर्नेछ। हाल क्यानले आईसीसीबाट वार्षिक सातदेखि आठ लाख अमेरिकी डलरसम्म सहयोग पाउँदै आएको छ। मान्यता गुमेमा यो रकम घटेर २० देखि ५० हजार अमेरिकी डलरमा सीमित हुन सक्छ।

आईसीसीको बजेट घटे राष्ट्रिय टोलीको तयारी, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, ग्रासरुट विकास तथा क्रिकेटका अन्य कार्यक्रम प्रत्यक्ष प्रभावित हुने भएकाले आगामी शृंखला नेपाली क्रिकेटका लागि निर्णायक मानिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu