ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघर हरेक वर्ष डुब्छ, समाधान कहिले? सरकारका योजना कागजमै सीमित


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   १ : २५   बजे

काठमाडौं । सामान्य वर्षा हुनासाथ राजधानीको मुटु माइतीघर मण्डला जलमग्न हुने समस्या फेरि दोहोरिएको छ। सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रालय र कूटनीतिक नियोग जाने मुख्य सडक नै डुबानमा पर्दा सर्वसाधारणदेखि उच्चपदस्थ अधिकारीसम्म सास्ती भोग्न बाध्य छन्। वर्षौँदेखि दोहोरिने समस्यामा सरकार र सम्बन्धित निकायले स्थायी समाधान दिन नसक्दा नागरिकले हरेक मनसुनमा एउटै पीडा खेपिरहेका छन्।

विशेषज्ञहरूले पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र फोहोरपानी एउटै निकासबाट बग्ने संरचना, अव्यवस्थित सहरीकरण तथा प्राकृतिक जल निकास क्षेत्रको अतिक्रमणलाई डुबानको मुख्य कारण बताएका छन्। जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा अहिलेको पूर्वाधारले पानीको चाप धान्न नसकेको निष्कर्ष अध्ययनले निकालेको छ।

काठमाडौँ महानगरपालिकाले दीर्घकालीन समाधानका लागि वर्षाको पानी र ढलको निकास छुट्टाछुट्टै बनाउने योजना अघि सारेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, महानगर, सडक डिभिजन र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच संयुक्त कार्ययोजना पनि सुरु गरिएको छ।

प्राविधिक अध्ययन प्रतिवेदनले प्राकृतिक रूपमा पानी जम्ने क्षेत्र मासिँदै जानु, कंक्रिट संरचनाको विस्तार, कमजोर ढल प्रणाली, ‘बोटलनेक’ पाइप, टुकुचा खोलाको ब्याकवाटर प्रभाव र निकायबीच समन्वय अभावलाई डुबानको प्रमुख कारण औँल्याएको छ।

प्रतिवेदनले वर्षाको पानी संकलन प्रणाली, ढल र वर्षाको पानीका लागि छुट्टाछुट्टै निकास, नयाँ स्टर्म ड्रेन, ठूला पाइप, नियमित सरसफाइ, चेक भल्भ जडान र वैज्ञानिक सहरी योजना लागू गर्न सिफारिस गरेको छ।

यद्यपि, हरेक वर्ष अध्ययन, प्रतिवेदन र योजना सार्वजनिक भए पनि माइतीघरको डुबान यथावत् रहँदा सरकारी प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ। मनसुन सुरु हुनेबित्तिकै राजधानीको मुख्य प्रशासनिक क्षेत्र नै जलमग्न हुनु सम्बन्धित निकायको कार्यसम्पादनमाथिको गम्भीर प्रश्नका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu