ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटी हल निर्माण अन्तिम चरणमा


एबीसी न्यूज
२९ चैत्र २०७४, बिहिबार   १ : ५८   बजे

 

 

कञ्चनपुर, २९ चैत । महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिनुभयो ।

श्यामसुन्दर गौरी पार्वती जेभीले सिटी हल निर्माणको ठेक्का लिएको छ । पछिल्लो पटक आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । समितिले यसलाई अन्तिम पटक भनेर म्याद थप गरेको हो । त्यस अघिका म्याद थप गुजारिएका थिए ।

“सिटी हलको निर्माण लगभग सकिन लाग्यो, जेठभित्र समितिलाई हस्तान्तरण हुन्छ,” भट्टले भन्नुभयो । सिटी हलमा अहिले विद्युत्, पानी र झ्यालढोका जडान भइरहेको छ । विद्युत् लाइन जोड्ने विद्युत् कार्यालयलाई रु एक लाख ४२ हजार भूक्तानी गरिएको छ ।

ठेकेदार कम्पनीले निर्माण सम्झौतापछि अर्को ठेकेदारलाई जिम्मा दिएको थियो । सूचना अधिकारी भट्ट ढिलाइमा दुवै पक्षको कमजोरी देखिएको बताउनुहुन्छ । समितिले निर्माणमा अवरोध आउनसक्ने भन्दै पाँच पटकसम्म सिटी हल निर्माणको म्याद थप गरेको थियो ।

“बाध्यतावश म्याद थप गरिएको हो,” उहाँले भन्नुभयो । पछिल्लो पटक म्याद थप अघि ठेकेदारलाई रु पाँच लाख जरिवना गरिएको छ । नगर विकास समितिले गुरुयोजना अनुसार बनाएको हल एक हजार जना अटाउने क्षमताको छ । ठूलो सभाकक्ष, दुई सय क्षमताको अर्को हल र ५०÷५० जना क्षमताका दुईवटा हल छन् ।

समितिले जग्गा बिक्री गरी सिटी हल निर्माण थालेको हो । हालसम्म झण्डै ६ सय बिगाहा जग्गा बिक्री गरिसकेको छ । “विगतमा प्रक्रिया पु¥याएर बिक्री गरिएको जग्गाबाट आएको रकम सिटी हल निर्माणमा खर्च गरिएको छ,” भट्टले भन्नुभयो । समितिले दुई वर्षमा बनाउने लक्ष्यका साथ २०६५ मा सिटी हल निर्माण थालेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group