ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘तपाईंहरू सरकारमा हुँदा हत्यारा किन पत्ता लागेन ?’


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३०   बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्ने प्रश्नमा राष्ट्रियसभामै सांसदलाई प्रतिप्रश्न गरेका छन्।

बिहीबार राष्ट्रियसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका गृहमन्त्री गुरुङले राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उल्टै प्रश्न गरेका हुन्।

सांसद विश्वकर्माले, “कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कारपछि हत्या भएको १० वर्षभन्दा बढी भइसक्यो। दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो ? के हाम्रो राज्य संयन्त्र असफल भएको हो ?” भन्ने प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले उक्त घटना अत्यन्त संवेदनशील भएको भन्दै बारम्बार यो विषय उठाउँदा निर्मला पन्तकी आमाको पीडामा थप चोट पुग्ने बताए।

उनले विगतका सरकारले समाधान गर्न नसकेको विषयको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारमाथि मात्रै नथोपर्न आग्रह गर्दै सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गरे।

“यो एकदमै संवेदनशील विषय हो। अहिलेको सरकारलाई मात्रै यो भारी नबोकाउनुस्,” गृहमन्त्री गुरुङले भने, “म माननीयज्यूलाई नै प्रश्न गर्न चाहन्छु– तपाईंहरू सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाउनुभयो ?”

गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि राष्ट्रियसभामा केहीबेर चर्चा भएको थियो।

पूरक प्रश्न सोध्ने क्रममा सांसद विश्वकर्माले मन्त्रीले आफ्नो प्रश्नको प्रत्यक्ष उत्तर नदिएको भन्दै आपत्ति जनाए। उनले सांसदलाई प्रश्न सोध्ने अधिकार संविधान र संसदीय अभ्यासले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्रीको दायित्व प्रश्नको उत्तर दिनु भएको बताए।

विश्वकर्माले त्यसपछि पनि निर्मला पन्त हत्याकाण्डका दोषी कहिले पत्ता लाग्छन् भन्ने प्रश्न पुनः दोहोर्‍याएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu