ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषाका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा, सडक र आवास निर्माणमा उल्लेख्य प्रगति


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३१   बजे

गौशाला । मधेश प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा सञ्चालित अधिकांश बहुवर्षीय पूर्वाधार योजना अन्तिम चरणमा पुगेका छन्। पूर्वाधार विकास कार्यालय जनकपुरधामका अनुसार जिल्लामा सञ्चालनमा रहेका ३२ बहुवर्षीय योजनामध्ये अधिकांश चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा छन्। ‘एक निर्वाचन क्षेत्र–एक सडक’ कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक निर्माण तथा कालोपत्र गर्ने काम पनि अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जनकपुरधाम–१ स्थित जलाद खोलामा पुल निर्माण र भीमान–महनगाछी–किसनपुर सडक कालोपत्रको काम सम्पन्न भइसकेको छ। गत आर्थिक वर्षमा ५७ किलोमिटर सडक ढलान, २२ वटा कल्भर्ट निर्माण, २२ दशमलव ५ किलोमिटर सडक ग्राभेल, एक किलोमिटर कालोपत्र तथा सात किलोमिटर सडक मर्मतको काम सम्पन्न गरिएको छ। साथै बीपी स्मृति सभाहल, योगनारायण स्मृति सभाहल, २२ वटा सामुदायिक भवन र दुई वटा सभाहल निर्माण पनि सम्पन्न भएको जनाइएको छ।

आवासतर्फ जनता आवास कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा निर्माणाधीन ७९६ आवासमध्ये ६३८ वटा सम्पन्न भइसकेका छन्। यस्तै महेन्द्र नारायण निधि विपन्न आवास योजनाअन्तर्गत १०५ मध्ये ७१ र मदन भण्डारी विपन्न आवास योजनाअन्तर्गत ५५ मध्ये २९ वटा आवास निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ। बाँकी योजनाको काम पनि तीव्र गतिमा अघि बढिरहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu