ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३२   बजे

काठमाडौं, । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाभियोगको दबाब परेको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै त्यसलाई नेपालको आन्तरिक मामिला र सार्वभौमिकतामाथिको हस्तक्षेप भएको बताएकी छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री गौतमले कुनै तथ्य र प्रमाणबिनै सरकारमाथि आरोप लगाएर विज्ञप्ति जारी गर्नु स्वीकार्य नहुने बताइन्।

उनले नेपालको आन्तरिक विषयमा बाह्य संस्थाले राजनीतिक टिप्पणी गर्न नमिल्ने उल्लेख गर्दै यस्तो गतिविधिमा राजनीतिक उद्देश्य देखिएको दाबी गरिन्। तथ्यविना सरकारमाथि आक्षेप लगाउँदा जनतामा भ्रम सिर्जना हुने र राज्यप्रतिको विश्वासमा असर पुग्ने उनको भनाइ थियो।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन राजनीतिक दबाब दिइएको भन्दै विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधिलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू बैठकमा उपस्थित भएनन्।

मन्त्री गौतमले विज्ञप्तिमा उल्लेख गरिएका आरोप पुष्टि हुनुपर्ने बताउँदै सरकारले कसैलाई पनि न्यायाधीशको राजीनामाका लागि दबाब नदिएको स्पष्ट पारिन्। अध्यादेश जारी गर्ने वा नगर्ने विषय संविधानले सरकारलाई दिएको अधिकार भएको उल्लेख गर्दै उनले विगतमा पनि विभिन्न सरकारले अध्यादेश ल्याउँदा यस्ता विज्ञप्ति नआएको तर अहिले मात्रै प्रतिक्रिया आउनुलाई प्रश्न गरिन्।

उनले संसद्को अधिकारक्षेत्रमाथि टिप्पणी गर्ने वा सरकारलाई निर्देशन दिने शैलीमा विज्ञप्ति जारी गर्नु उचित नभएको बताइन्। सरकारसँग कुनै जानकारी वा स्पष्टीकरण नै नलिई सार्वजनिक धारणा प्रभावित हुने गरी संयुक्त वक्तव्य जारी गरिएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४६ करोड नाघ्यो

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

EU Foreign Ministers Fail to Break Deadlock Over Israel and Ukraine

Norway Seizes Russian Ship in Arctic Over Crimea Compensation Claim

त्रिशूली नदी किनारमा ७२ शव तथा मानव अंग फेला

Rescue Efforts Continue as Nepal-China Flood Death Toll Surpasses 1,270

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu